१० माघ २०८२, शनिबार
बागमती मुख्‍य समाचार समाचार

मोटरसाइकल चोरीमा संलग्न तीन जना पक्राउ

काठमाडौँ, ३ मङ्सिरः ट्राफिक प्रहरीले मोटरसाइकल चोरीमा संलग्न तीन जनालाई पक्राउ गरेको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयको टोलीले काठमाडौँका विभिन्न स्थानबाट मोटरसाइकल चोरी गर्ने तीन जालाई पक्राउ गरी आज सार्वजनिक गरेको हो ।

मकवानपुर घर भई ललितपुर बस्ने २० वर्षीय प्रशान्त खत्री, मकवानपुरकै २७ वर्षीय समिर रुम्बा र मकवानपुरका २७ वर्षीय निमा रुम्बालाई पक्राउ गरी आज सार्वजनिक गरिएको कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिए । उनका अनुसार खत्रीलाई काठमाडौँको तारकेश्वर नगरपालिकास्थित पुरानो गुह्येश्वरीबाट र रुम्बाद्वयलाई कीर्तिपुरबाट पक्राउ गरिएको हो ।

ट्राफिक प्रहरीले आफ्नो सवारीसाधन सुरक्षित स्थानमा पार्किङ गर्न, ह्विल तथा ‘चेनलक, ह्यान्डिल र डिस्कलक, सुरक्षा साइरनहरू जडान गर्न तथा मानिसको आवतजावत नहुने एकान्त स्थानमा पार्किङ नगर्न सबैलाई अनरोध गरेको छ ।

कार्यालयले सवारीसाधन हराएमा ट्राफिक प्रहरीको हटलाइन नम्बर १०३, नेपाल प्रहरीको हटलाइन नम्बर १०० मा तत्कालै आफ्नो साधनको विवरणसहित फोन गर्न र नजिकैको प्रहरी कार्यालयमा निवेदन दिन सकिने जनाएको छ ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि