६ फाल्गुन २०८२, बुधबार
गण्डकी मुख्‍य समाचार समाचार

बुद्धशान्तिमा प्रदेश र पालिकाको साझेदारीमा शीतभण्डार

झापा, ३ मङ्सिरः बुद्धशान्ति गाउँपालिकाले कृषिउपजको भण्डारणका लागि २० टन क्षमताको शीतभण्डार निर्माण प्रक्रिया अघि बढाएको छ ।

बुद्धशान्ति–४ को टिमाइस्थित सब्जीमण्डीमा रु २२ लाख लागतमा शीतभण्डार बनाउने तयारी भइरहेको गाउँपालिकाका अध्यक्ष मनोज प्रसाईंले बताए । बुद्धशान्तिमा व्यावसायिक रूपमा तरकारी उत्पादन गर्ने किसानको सङ्ख्या बढी भएकाले शीतभण्डार निर्माणको तयारी थालिएको उनको भनाइ छ ।

शीतभण्डारका लागि पालिकाले बजेट सुनिश्चित गरेर स्थानको छनोट गरिसकेको अध्यक्ष प्रसाईंले जानकारी दिए । शीतभण्डार निर्माण भएपछि किसानले उत्पादन गरेका कृषिजन्य सामग्री भण्डारण गरेर उचित मूल्यमा बेच्न सक्नेछन्, उनले भने, धेरै पहिलेदेखि किसानले माग गरेकामा अब पूरा हुने भएको छ ।

यहाँको शीतभण्डारबाट छिमेकी रोङ गाउँपालिका र मेचीनगर नगरपालिकाका किसानहरू पनि लाभान्वित हुनेछन् । शीतभण्डारसहितको आधुनिक कृषिमण्डी निर्माणमा रु ६२ लाख खर्च लाग्ने भएको अध्यक्ष प्रसाईंले जनाउँदै जसका लागि कोशी प्रदेश सरकारले ६० प्रतिशत र गाउँपालिकाले ४० प्रतिशत लागत साझेदारी गर्ने उल्लेख गरे ।

चालु आर्थिक वर्षमा उक्त शीतभण्डार निर्माणका लागि प्रदेश र पालिकाले आवश्यक बजेट विनियोजन गरिसकेका छन् । बुद्धशान्ति–४ मा शीतभण्डार र वडा नं ३ मा कृषिमण्डी निर्माण गरिने छ । स्थानीय किसान बाबुलाल राजवंशीले शीतभण्डार निर्माण हुन लागेकामा खुसी व्यक्त गर्दै यहाँ उत्पादित तरकारी तत्कालै बिक्री नभएमा कम मूल्यमा बेच्नुपर्ने बाध्यता अन्त्य हुने

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि