२ माघ २०८२, शुक्रबार
कोशी मुख्‍य समाचार समाचार

सिद्धिचरण राजमार्ग स्तरोउन्नतीको काम थालिने

कटारी, १ मङ्सिरः सिद्धिचरण राजमार्गको स्तरोउन्नतीको काम तत्काल थालिने भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले जानकारी दिएका छन् । राजमार्ग अन्तर्गतको उदयपुरको कटारी–घुर्मी सडकखण्डसङ्घर्ष समितिले आइतबार काठमाडौमा बुझाएको ज्ञापनपत्र ग्रहण गर्दै उनले एक महिना भित्र बहुवर्षीय ठेक्का लगाउने र काम अघि बढाउने जानकारी दिए ।

आफूले पनि यो सडक हिँडेको र समस्या बुझेको भन्नुहुँदै तत्काल सडक स्तरोउन्नतीको काम अघि बढाउन निर्देशन दिए । समितिका संयोजक लीलाबहादुर खत्रीले भने, उनको स्वकीयहरुलाई पनि यो सडकको समस्या थाहा रहेछ यहाँका जनता पीडित नै छन् भनेपछि ठेक्का प्रक्रिया अघि बढाउछौँ भने ।

यस सडकखण्ड निर्माणका लागि रु चार अर्ब १२ करोड बजेट रहेको जनाइएको छ । राजमार्गको कटारी–घुर्मी ४७ किमि सडक जीर्ण अवस्थामा छ । आउँजाउमै समस्या भएपछि यसअघि समितिले सडकसमेत अवरुद्ध गरेको थियो । सडक आसपासका स्थानीय धुलोले आजित भएका थिए ।

तीन दशकअघि निर्माण गरिएको यो सडक जीर्ण हुँदा पहाडी जिल्ला ओखलढुङ्गा सोलुखुम्बु, खोटाङवासी समेतलाई समस्या परेका छन् । तराईबाट पहाड प्रवेश गर्ने पहिलो र छोटो नाका स्तरोउन्नती नहुँदा वर्षौदेखि जोखिम मोलेर आवतजावत गर्नुपर्ने बाध्यता छ ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि