११ मंसिर २०८२, बिहीबार
बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार समाचार

जसपा नेपाल लुम्बिनी प्रदेशको अध्यक्षमा यादव

देवदह रुपन्देही, ३० कात्तिकः उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी जसपा नेपाल लुम्बिनी प्रदेशको अध्यक्षमा राम अवतार यादव निर्वाचित भएका छन् । आज रुपन्देहीको भैरहवामा सम्पन्न अधिवेशनले यादवको अध्यक्षतामा २७ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको हो ।

रुपन्देहीको सियारी गाउँपालिका–५ निवासी यादवले यसअघि पार्टीको प्रदेश कार्यबाहक अध्यक्षको जिम्मेवारी सम्हाल्दै आएका थिए । उनी जसपा नेपाल रुपन्देहीको पूर्वजिल्ला अध्यक्ष पनि छन्।

जसपा नेपाल केन्द्रीय निर्वाचन आयोगका सचिव ई। मनोज कुमार वर्माका अनुसार प्रदेश समितिको उपाध्यक्षमा चन्द्रधामा रैदास, मोहम्मद असलम खान र रेनु सिंह निर्वाचित भएका छन् । त्यस्तै सचिवमा शिव कुमार चौधरी थारु, इना मुल्लाह फकिर, शिवपुजन यादव र कोषाध्यक्षमा बच्चुलाल केवट निर्वाचित भएका हुन् ।

एकताको प्रथम लुम्बिनी प्रदेश अधिवेशन–२०८२ को शनिबार पार्टीका केन्द्रीय अध्यक्ष तथा पूर्वउपप्रधानमन्त्री उपेन्द्र यादवले उद्घाटन गरेका केन्द्रीय सदस्य विद्या प्रसाद यादवले बताए ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि