२ माघ २०८२, शुक्रबार
कोशी मुख्‍य समाचार समाचार

भोजपुर–काठमाडौँ हवाई उडान थपिँदा बिरामीलाई सहज

भोजपुर २८ कात्तिकः नेपाल वायुसेवा निगमले भोजपुर–काठमाडौँ हवाई उडान थप गरेपछि जिल्ला अस्पतालबाट प्रेषण रिफर गरिएका बिरामीलाई बाह्य अस्पताल जान सहज भएको छ ।

सातामा दुई वटा उडान भर्दै आएको निगमले सातामा चार वटा उडान भर्न थालेपछि बाह्यका अस्पतालमा रेफर गरिएका बिरामीलाई सहज भएको हो ।

यसअघि उडान कम हुँदा बाह्य अपस्तालमा बिरामी लैजान समस्या हुँदै आएको थियो । अकास्मिक अवस्थामा हेलिकोप्टर मार्फत बाहिर लैजानुपर्ने समस्या अन्त्य हुनुका साथै ठूलो आर्थिक भारसमेत हुँदै आएको भोजपुर नगरपालिका–१२ का स्थानीय पर्शुराम कार्कीले बताए ।

उडान थप भएपछि स्थानीय कम लागतमा काठमाडौँका अस्पतालमा पुगेर उपचार गर्न सक्ने वातावरण बनेको उनको भनाइ छ ।

निगमले काठमाडौँ–भोजपुर–काठमाडौँ उडान तालिका थप गरेको निगमका भोजपुर शाखा प्रमुख प्रकाश खड्काले जानकारी दिए । उनका अनुसार यही कात्तिक २६ गतेदेखि मङ्गलबार, बुधबार, बिहीबार र शनिबार नियमित उडान हुँदै आएको छ ।

प्राविधिक कारणले जहाजमा समस्या हुँदा यसअघि बिहीबार र शनिबार मात्र उडान हुँदै आएको थियो । निगमले यात्रुलाई आफ्नो यात्रा सुनिश्चित गर्नका लागि आधिकारिक वेबसाइट मार्फत अनलाइन टिकट खरिद गर्न सक्ने व्यवस्था समेत गरेको छ ।

भोजपुरमा नेपाल वायु सेवा निगमको जहाजले मात्र उडान भर्दै आएको छ । जिल्ला अस्पतालबाट रिफर गरिएका बिरामीलाई काठमाडौँ, विराटनगर, धरानलगायत स्थानका अस्पताल जानुपर्ने बाध्यता छ ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि