१० माघ २०८२, शनिबार
बागमती मुख्‍य समाचार समाचार

प्रतिनिधिसभा र राष्ट्रियसभाको चुनावमा भाग लिन चाहने दललाई दर्ताका लागि आह्वान

काठमाडौँ, २८ कात्तिकः निर्वाचन आयोगले आगामी प्रतिनिधिसभा र राष्ट्रियसभा निर्वाचनमा भाग लिन चाहने राजनीतिक दललाई दर्ताका लागि आह्वान गरेको छ ।

आयोगले आज सूचना जारी गरी प्रतिनिधिसभाका लागि मङ्सिर १—१० र राष्ट्रियसभाका लागि मङ्सिर १—७ गतेसम्म दल दर्ता खुला गरेको जनाएको छ ।

आयोगको सूचनामा भनिएको छ, निर्वाचनमा भाग लिन चाहने दलले केन्द्रीय समितिबाट भएको निर्णयको प्रतिलिपि, वार्षिक लेखापरीक्षण प्रतिवेदन तथा अन्य आवश्यक कागजात सहित आयोगमा निवेदन पेस गर्न अनुरोध गर्दछौँ ।

प्रतिनिधिसभा निर्वाचनका लागि दुई वा दुईभन्दा बढी दल एकै चुनाव चिह्न लिएर भाग लिन चाहेमा त्यससम्बन्धी जानकारी पनि सोही निवेदनको साथमा बुझाउनुपर्ने आयोगले जनाएको छ । सूचनामा उल्लेख छ, दलको विधान, नियमावली तथा घोषणा पत्र, निर्वाचन चिह्नको नमुना र सोको विद्युतीय प्रति पनि पेस गर्न अनुरोध छ ।

आगामी फागुन २० गतेदेखि राष्ट्रियसभामा रिक्त हुने एक तिहाइ सदस्यका लागि माघ ११ र प्रतिनिधिसभा सदस्यका लागि फागुन २१ गते चुनाव तोकिएको छ ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि