२ माघ २०८२, शुक्रबार
मुख्‍य समाचार समाचार सुदूरपश्चिम

गाउँपालिका कार्यालयमा तालाबन्दीपछि सुर्नयामा औषधि अभाव

दशरथचन्द बैतडी, २८ कात्तिकः बैतडीको सुर्नया गाउँपालिकामा लामो समयसम्म तालाबन्दी हुँदा स्वास्थ्य क्षेत्र प्रभावित बनेको छ । तालाबन्दीपछि आवश्यक काम अगाडि नबढ्दा पालिकाअन्तर्गतका स्वास्थ्य संस्थामा औषधि अभाव भएको जनाइएको छ ।

स्वास्थ्य संस्थामा सिटामोल, बिटाडिन, जीवनजललगायत अत्यावश्यक औषधिको अभाव भएको सुर्नया–३ स्थित बाशुलिङ स्वास्थ्य चौकीका इन्चार्ज दलबहादुर विष्टले जानकारी दिए । औषधि अभावमा सामान्य चोटपटक लागेकालाई उपचार गर्न पनि समस्या भएको उनले बताए ।

सोही स्वास्थ्य चौकीका ल्याव असिस्टेन्ट नरेन्द्रसिंह विष्टले सामान्य सामाग्री पनि उपलब्ध नहँुदा सुत्केरी सेवासमेत प्रभावित हुने अवस्था आएको बताए ।

गाउँपालिकाका स्वास्थ्य संयोजक रामसिंह महराले पनि गाउँपालिकाअन्तर्गतका स्वास्थ्य चौकीबाट औषधि लगायत स्वास्थ्य उपकरण अभावबारे गुनासो आइरहेको बताए । गाउँपालिकाले स्वास्थ्य उपकरणसहित औषधि आपूर्तिका लागि बोलपत्र आह्वान गरिए पनि तालाबन्दीका कारण सम्झौता नहुँदा औषधि खरिद प्रक्रिया अघि बढाउन नसकिएको उनले जानकारी दिए ।

यहाँ आफूहरूले मागेको सूचना उपलब्ध नगराएको भन्दै गत असोज २४ गते ‘जेनजी’ पुस्ताका युवाहरूले गाउँपालिकाको कार्यालयमा तालाबन्दी गरेका थिए । सहमतिका लागि छलफल भए पनि कुनै सहमति हुन नसक्दा स्वास्थ्यलगायत अत्यावश्यक सेवा प्रभावित भइरहेका छन् ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि