२ माघ २०८२, शुक्रबार
कोशी मुख्‍य समाचार समाचार समाज

प्रदेशसभा कटहरीमा सर्ने भएपछि स्थानीयवासी उत्साहित

मोरङ २७ कात्तिकः कोशी प्रदेश सरकारले मोरङ कटहरी गाउँपालिका–१ को तरकारी बजारमा रहेको संरचनामा प्रदेशसभा सार्ने निर्णयले स्थानीयवासी उत्साहित भएका छन् ।

गत भदौ २३ र २४ को जेनजी आन्दोलनका क्रममा विराटनगरमा रहेको प्रदेशसभा भवन आगजनीबाट क्षतिग्रस्त भएपछि प्रदेशसभा बैठक बस्न सकेको थिएन । कटहरीमा प्रदेशसभा सार्ने निर्णयसँगै प्रदेशसभा सचिवालय स्थापनाको काम सुरु गरिएको छ ।

सो निर्णयले स्थानीयवासी उत्साहित भएको वडाध्यक्ष हरिनारायण राजवंशीले जानकारी दिए । उनले भने, सर्वदलिय बैठक र गाउँ कार्यपालिका बैठकबाट निर्णय गरी निःशुल्क रूपमा प्रदेशसभाका लागि साढे तीन विघाह क्षेत्रफलमा रहेको १६ करोडको संरचना उपलब्ध गराएका छौँ । उनकाअनुसार जग्गा धनीपुर्जा पनि प्रदेश सरकारलाई हस्तान्तरण गरिएको छ ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि