७ पुष २०८२, सोमबार
बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार समाचार

११ दल नेपाली कम्युनिष्ट पार्टीमा मिल्नु भनेको ओली र सिद्धान्तको विरोध गर्नु हो

काठमाडौं । नेकपा एमालेका पोलिटव्युरो सदस्य सूर्य थापाले ११ पार्टीहरुको मिसिनुको उद्देश्य केपी ओली र सिद्धान्तको विरोध गर्नु मात्र रहेको आरोप लगाएका छन् ।
बिहीबार काठमाडौंमा आयोजित सञ्चारकर्मीहरूसँगको संवाद कार्यक्रममा बोल्दै उनले समाजवादी र माओवादी बाहेक अरु पार्टी शून्य रहेको भन्दै हामी यत्तिकै मिसियौं भन्नुको कुनै अर्थ नरहेको बताए ।
उनले भने,‘हिजोसम्म ११ वटा पार्टीको एकता भन्नुभएको छ । समाजवादी र माओवादी चिनेको हो । अरु नौं वटा जिरो हुन् । कसैले चिनेको छैन् । ११ वटा मिसिएर के हुने रैछ त ? देशभरीको स्थिति त यही हो । अनि हामी यत्तिका मिसियौं भन्नुको अर्थ के हुन्छ ? उहाँहरुले ०७७ सालदेखि नै यही गर्दै आउनुभएको हो । त्यो भनेको केपी ओलीको सिद्धान्तको विरोध हो । उहाँहरुको राजनीति केपी ओलीकै निन्दा हो ।’
त्यस्तै उनले अहिले पेन्सन पकाउने सेलिब्रेटी बन्ने अनि पार्टी खोलिहाल्ने लहर चलेको बताए । खोलिएको हरेक पार्टी कांग्रेस र एमाले जस्तो शताब्दी राष्ट्रको नेतृत्व गर्ने पार्टी नहुने भन्दै उनले अहिले दर्ता भएका पार्टी कालिपोके बन्ने खतराका पार्टीहरु रहेको टिप्प्णी गरे ।
उनले केपी ओलीले पद छोड्नुपर्छ ,२३ गतेको घटनाको नैतिक जिम्मेवारी लिनुपर्छ भनेर केन्द्रीय कमिटीमा ३ सय २८ जनाले बोलेकोमा १६ जना र सचिवालयमा ५ गरी २१ जनाले मत राखेको जानकारी दिए ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि