१० माघ २०८२, शनिबार
बागमती मुख्‍य समाचार समाचार

विपद् व्यवस्थापनमा सहकार्यका लागि प्राधिकरण र एआइटीका अधिकारीबीच छलफल

काठमाडौँ, २६ कात्तिक : थाइल्याण्डको बैंककस्थित एसियन इन्स्टिच्युट अफ टेक्नोलोजी एआइटी र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणबीच नेपालको विपद् व्यवस्थापनमा सहकार्य गर्ने विषयमा छलफल भएको छ ।

प्राधिकरणका कार्यकारी प्रमुख इ दिनेश भट्ट र एआइटीको स्कुल अफ इन्जिनियरिङ एण्ड टेक्नोलोजिका डिन प्रोफेसर सङ्गम श्रेष्ठबीच सम्पन्न बैठकमा नेपालको पहिरो, बाढीलगायत विपद्को अध्ययन गर्न सहकार्य गर्ने विषयमा छलफल भएको हो ।

उनीहरूबीच एआइ मोडुल विकास गरी भूकम्पले क्षति पुगेका घर तथा भवनको विस्तृत क्षति अध्ययन ड्यामेज ग्रेड डिटेक्सन गर्नेबारे पनि छलफल भएको प्राधिकरणकी प्रवक्ता शान्ति महतले जानकारी दिए ।

यसैगरी नेपाली विद्यार्थीहरूका लागि उक्त विश्वविद्यालयमा इन्टर्नसीप गराउन सहजीकरण गर्ने विषयमा पनि छलफल भएको उनले बताए । यसका लागि प्राधिकरण र विश्वविद्यालयले सम्झौता गरेर सहकार्यलाई अघि बढाउने कुरा भएको प्रोफेसर श्रेष्ठले जानकारी दिए ।

थाइल्याण्ड भ्रमणमा रहेका कार्यकारी प्रमुख भट्टले उक्त विश्वविद्यालयको वाटर इन्जिनियरिङ एण्ड मेनेजमेन्टमा रहेको हाइड्रोलिक्स ल्याब र एआइ एण्ड सिमुलेसन ल्यावको पनि अवलोकन गरेका छन् ।

उक्त अवसरमा नेपालको हिमाली क्षेत्रमा पछिल्लो चुनौतीका रूपमा देखा परेको सीमापार सूचना आदानप्रदानमा आर्टिफिसियल इन्टेलिजेन्सको कसरी प्रयोग गर्न सकिन्छ भन्नेबारे र विपद्को अध्ययन अनुसन्धानमा ड्रोन प्रयोगको सम्भाव्यताबारे पनि छलफल भएको प्रमुख भट्टले बताए ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि