१० माघ २०८२, शनिबार
बागमती मुख्‍य समाचार समाचार

परदेशी पीडा र प्रतीक्षाको स्वर दैलो खोल न सार्वजनिक

काठमाडौँ, २६ कात्तिक : सङ्गीतकार एवं सञ्चारकर्मी उमेश राउतको परदेशीको पीडा र प्रतिक्षाको स्वर दैलो खोल न सार्वजनिक भएको छ । घरपरिवार सँगको र मायाप्रेमको संवेदनशील कथा समेटिएको यो गीतमा परदेशको पीडा र सम्झनाको गहिरो भाव उजागर गरिएको छ ।

सो गीतमा सङ्गीत संयोजन पुरुषोत्तम सुवेदीको रहेको छ । हेमन्त कञ्च्छा रसाइलीको सारङ्गी, रत्न विकको बाँसुरी, भुवन गन्धर्वको तबला, पोशन मगरको मादल र सरोज विष्टको गितारले गीतलाई जीवन्त बनाएको छ ।

घरको दैलो, त्यो एउटा सामान्य ढोका मात्रै होइन । यो ढोकाभित्र सम्झना छ, मायाको बन्धन छ, आमा–बुबाको मुखाकृति छ र एउटै मुटुमा गाँसिएको परिवारको स्पन्दन छ । यही भावनालाई गीतले बोकेको छ”, गीतकार राउतले भने ।

गीतमा विदेशको कष्ट, प्रतीक्षाको पीडा, जीवनको सङ्घर्ष समेटिएको उनको भनाइ छ ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि