८ पुष २०८२, मंगलवार
बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार समाचार

निर्वाचनका लागि सुरक्षा व्यवस्था कमजोर छ भन्नु उपयुक्त छैन : मन्त्री सिन्हा

काठमाडौं । कानून, न्याय तथा संसदीय व्यवस्था एंव उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री अनिल कुमार सिन्हाले ०५२ सालदेखिको आन्दोलन देखेको पार्टीहरुले अहिले हजार वा पाँच सय वटा बन्दुक बाहिर छ भन्ने कारणले सुरक्षाको वातावरण छैन् भनेर भन्न खोजेको कुरा विश्वासलाग्दो नभएको बताए ।

मंगलबार काठमाडौंमा आयोजित आगामी प्रतिनिधी सभाको निर्वाचन ः चुनौती र अवसर विषयक राजनीतिक दलहरुसँग अन्तक्रिया कार्यक्रममा उनले ०५२ सालको विश्वासको वातावरणको तुलनामा आजको वातावरण राम्रो नै भएका भन्दै सुरक्षाको त्यस्तो गम्भीर अवस्था नभएको बताए ।

उनले भने, ‘५२ सालदेखिको आन्दोलन देखेका पार्टीहरु छन् । जहाँ जुनबेला जुनसुकै बेला गोली चल्न सक्थ्यो । त्यो बेलाको वातावरण र अहिलेको वातावरणलाई तुलना गरेर हेरौं त त्यो बेलाको विश्वासको वातावरण के थियो र आजको विश्वासको वातावरण के छ ? पाँच हजार कैदीहरु बाहिर छन्, तिनीहरु चोरी चकारी गर्ने के होलान् । हतियारको कुरा गर्दा हजारभन्दा तल आइसकेको भनिएको छ । के आजको दलहरु त्यो एक हजार वा पाँच सय वटा बन्दुक बाहिर छ भन्ने कारणले गर्दा डराएर चुनावमा आउन सकिदैँन्, सुरक्षाको वातावरण छैन् भनेर भन्न खोजेको हो भने जस्तो मलाई विश्वास लाग्दैन् ।’

यस्तै, उनले निर्वाचनको वातावरणको विषयमा एक स्थानमा बसेर छलफल गरेर समस्याहरुलाई उजागर गरेर समाधान तर्फ संयुक्त रुपमा जाउ भन्ने एउटा मञ्च बन्छ र त्यहाँ उपस्थित हुने अवस्था आउँछ भने सबैभन्दा ठूलो वातावरण त्यही नै भएको बताए ।

चुनावको वातावरण कसले बनाउने भन्ने प्रश्नमा जसको लागि चुनाव हुन लागेको छ उनीहरु सबै मिलेर बनाउनुपर्ने पनि उनको भनाई छ ।

यस्तै, वरिष्ठ अधिवक्ता राधेश्याम अधिकारीले निर्वाचनको लागि सुरक्षाको प्रश्न सबैभन्दा महत्वपूर्ण भएको भन्दै हतियारसहितका बन्दीहरु बाहिर रहेका अवस्थामा सरकारले चनाखो भएर काम गर्नुपर्ने बताए ।

उनले भने, ‘निर्वाचनको कुरा गर्दा एउटा सुरक्षाको प्रश्न छ । अहिले हतियारसहितका बन्दीहरु बाहिर छन् । ती कुराहरुमा सरकारले चनाखो भएर काम गर्नुपर्छ । जति सकिन्छ सुरक्षाको पक्षमा विशेष ध्यान दिनुपर्छ ।’

यस्तै, उनले झण्डै ३० लाख मानिस नेपाल बाहिर रहेको अवस्थामा विदेशमा रहेका नेपालीहरुको मतदानको कुरा सम्भव छ कि छैन् भन्ने प्रश्न उठेको भन्दै उनीहरुले बाहिरबाट मतदान गरेको ठिक तरिकाले भयो भन्ने कुराको ग्यारेन्टी लिने शक्ति विकास गर्न सके सम्भव रहेको बताए ।

उनले भने, ‘विदेशमा रहेका नेपालीहरुको मतदानको प्रश्न छ । अहिले नेपालमा भएको समस्यालाई ध्यानमा राख्ने हो भने नेपालभित्र कै समस्याबाट पार हुन कठिनाई भईरहेको छ । यस्तो अवस्थामा झण्डै ३० लाख मानिस नेपाल बाहिर छ भन्ने कुरा आएको छ । उनीहरुले बाहिरबाट मतदान गराउने वा ठिक तरिकाले भयो भन्ने कुराको ग्यारेन्टी लिने कुरामा गम्भीरताका साथ लिनुपर्छ ।’

सोही क्रममा नेकपा एमालेका नेता अग्नि खरेलले चुनावको कुरा गर्दा प्रहरीको मनोबल अझै उठाउन नसकेको भन्दै यस्तो अवस्थामा निर्वाचन हुन्छ भन्ने विश्वास कसरी गर्ने भन्दै प्रश्न गरेका छन् ।

उनले भने, ‘हामी चुनावको कुरा गर्दैगर्दा प्रहरीको मनोबल उठाउन सकेका छैनौ । कसरी निर्वाचन हुन्छ भन्ने विश्वास गर्ने, निर्वाचनमय वातावरण बनाउनु पर्छ होला नि त । त्यो वातावरण बनेको छ ?’

 

 

 

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि