१० माघ २०८२, शनिबार
बागमती मुख्‍य समाचार समाचार

ललितपुर र भक्तपुरका बालबालिका स्वर्ण विन्दु प्राशन खुवाउन सुरु

काठमाडौँ, २५ कात्तिकः सरकारले ‘स्वर्ण विन्दु प्राशन विशेष आयुर्वेदि औषधि आजदेखि ललितपुर र भक्तपुरका एकदेखि पाँच वर्ष मुनिका बालबालिकालाई खुवाउन थालेको छ ।

आज दुवै जिल्लास्थित आयुर्वेद तथा वैकल्पिक चिकित्सा केन्द्रमा बालबालिकालाई ल्याई स्वर्ण विन्दु प्राशन खुवाइएको छ । मह, ब्राह्मी घ्यू र सुनको भष्मबाट बनेको थोपास्वरुप सेवन गराइने विधिलाई ‘स्वर्ण विन्दु प्राशन’ आज खुवाइएको हो ।

बालबालिकालाई बौद्धिक क्षमता विकास, सामाजिक तथा मानसिक क्षमता विकास गर्न र रोग प्रतिरोधात्मक क्षमता बढाउन आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागले यस आर्थिक वर्षमा देशभरका २५ आयुर्वेद केन्द्रबाट ‘स्वर्ण विन्दु प्राशन खुवाउन तयारी गरेको छ । विभागका चिकित्सक डा सुशान्त भण्डारीले ललितपुरको महालक्ष्मी र भक्तपुरको कमलविनायकमा बालबालिकालाई पहिलो चरणमा ‘स्वर्ण विन्दु प्राशन खुवाइएको जानकारी दिए ।

उनका अनुसार ललितपुरमा १८० र भक्तपुरमा ८० बालबालिकाललाई ‘स्वर्ण विन्दु प्राशन’को थोपा खुवाइएको छ । उनले स्वर्ण विन्दु प्राशन खाएका बालबालिकामा बौद्धिक विकास देखिने बताए । अटिज्म देखिएका बालबालिकामा पनि ‘स्वर्ण विन्दु प्राशन’ खुवाएपछि फुर्तिलो हुने, भनेको मान्ने जस्ता लक्षण देखिन्छन्, उनले भने, मौसमी रुघा लाग्ने समस्या पनि बालबालिकामा देखिँदैन ।

उनका अनुसार एकदेखि दुई वर्षका बालबालिकालाई दुई थोपा र तीनदेखि पाँच वर्ष मुनिका बालबालिकालाई चार थोपा स्वर्ण विन्दु प्राशन खुवाउनुपर्ने हुन्छ । विभागले गत भदौ ५ गते धनगढीबाट ‘स्वर्ण विन्दु प्राशन’को सुरुआत गरेको हो ।

विभागका निमित्त महानिर्देशक डा श्यामबाबु यादव ‘स्वर्ण विन्दु प्राशन’को प्रभाव बालबालिकालाई परेकाले चाँडै नै देशभरिका आयुर्वेद केन्द्रबाट सबै बालबालिकालाई खुवाउने गरी तयारी गर्ने जानकारी दिए ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि