१२ मंसिर २०८२, शुक्रबार
बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार समाचार

हामी निर्वाचनमा जान तयार छौं तर सरकार तयार छैन् : सन्तोष परियार

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका नेता सन्तोष परियारले निर्वाचन हार्ने र जित्नेभन्दा पनि समाजलाई नयाँ आशा र दृष्टिकोण दिने कुरा महत्वपूर्ण भएको बताएका छन् ।

मंगलबार काठमाडौंमा आयोजित आगामी प्रतिनिधी सभाको निर्वाचन ः चुनौती र अवसर विषयक राजनीतिक दलहरुसँग अन्तक्रिया कार्यक्रममा उनले निर्वाचन हार्ने र जित्नेभन्दा पनि समाजलाई नयाँ आशा र दृष्टिकोण दिने कुरा महत्वपूर्ण भएको भन्दै त्यसको लागि पनि यो निर्वाचनमा जानु पर्ने बताए ।

उनले भने, ‘निर्वाचन कसले जित्छ त्यो ठूलो कुरा होईन त्यो निर्वाचनले कुन आशालाई स्थापित गर्छ र कुन नयाँ दृष्टिकोण ल्याउँछ त्यो महत्वपूर्ण कुरा हो । त्यसकारण अबको निर्वाचनमा को जित्ने र हार्ने ठूलो कुरा होइन । समाजलाई नयाँ आशा कसले दिन्छ र हाम्रा सामाजिक मुद्दाहरुमा नयाँ दृष्टिकोण कसले दिन्छ भन्ने कुरा महत्वपूर्ण हो । त्यसकारण पनि यो निर्वाचनमा हामी जानुपर्छ ।’

यस्तै, उनले जानेर वा नजानेर, चाहेर वा नचाहेर जुन किसिमले संविधानलाई क्षत विक्षत बनाइएको छ, जुन किसिमको लोकतान्त्रिक पद्धतीलाई अप्ठयारोमा पारिएको छ । त्यसलाई ठाँउमा ल्याउनको लागि पनि निर्वाचनमा जानुपर्ने बताए ।

सरकारले नै निर्वाचन गर्न नचाहेको हो कि भन्ने महशुस भइरहेको भन्दै रास्वपा र व्यक्तिगत तर्फबाट सरकार आफंै निर्वाचन विरोधी कुराहरु नगर्न आग्रह गरेका छन् ।

साथै, उनले आफू लोकतन्त्रमा विश्वास गर्ने, लोकतन्त्रलाई संस्कृति बनाउनुपर्छ भन्ने व्यक्ति भएको भन्दै आफूले गर्ने हरेक कामहरु लोकतन्त्रभन्दा बाहिर नजाने बताए ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि