१८ फाल्गुन २०८२, सोमबार
कोशी मुख्‍य समाचार समाचार

पर्यटन फोटो पत्रकारिता तालिम सुरु

विराटनगर, २५ कात्तिकः कोशी प्रदेशको राजधानी विराटनगरमा आजदेखि दुई दिवसीय पर्यटन फोटो पत्रकारिता तालिम सुरु भएको छ ।

नेपाल पर्यटन बोर्ड र संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम युएनडिपी को संयुक्त साझेदारीमा सञ्चालन भइरहेको दिगो पर्यटन परियोजना एसटिपी ले राष्ट्रिय फोटो पत्रकार समूह एनएफपिजे सँगको सहकार्यमा निःशुल्क फोटो पत्रकारिता तालिम सुरु गरिएको हो ।

कोशी प्रदेशका १४ जिल्लाबाट प्रतिनिधित्व हुनेगरी हरेक जिल्लाबाट दुई जनाको दरले पर्यटन र फोटो पत्रकारितामा संलग्नहरुलाई फोटोमार्फत नेपालको सौन्दर्य, संस्कृति, र मानवीय पक्षलाई अभिव्यक्त गर्न सिकाउने उद्देश्यले आजदेखि तालिम सुरु भएको हो । तालिमको उद्घाटन सत्रमा नेपाल पर्यटन बोर्डका वरिष्ठ अधिकृत सुशीला बरालले यस किसिमका प्रशिक्षणहरु विभिन्न चरणमा सातै प्रदेशमा दिइरहेको र सहभागीको क्षमता विकास र पर्यटन प्रवर्द्धनमा टेवा पुग्न विश्वास व्यक्त गरे।

त्यसैगरी राष्ट्रिय फोटो पत्रकार समूहका अध्यक्ष प्रदीपराज वन्तले नेपाललाई अब लेन्सबाट संसारलाई देखाउन सकिएन भने पछि पर्ने उल्लेख गर्दै अब पर्यटन र फोटो पत्रकारितालाई सँगसँगै लैजान काम गरिरहेको बताए।

तालिमको पहिलो सत्रमा नेपाल पर्यटन बोर्डका सञ्चार परामर्शदाता दिलीपप्रकाश कार्कीले पर्यटन बोर्डको स्थापनाको उद्देश्य, पर्यटन पत्रकारिताको महत्व र यसका प्रक्रियाबारे जानकारी गराएका थिए ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि