५ माघ २०८२, सोमबार
मुख्‍य समाचार लुम्बिनी समाचार

पुल नहुँदा सास्ती

तुलसीपुर दाङ, २५ कात्तिकः तुलसीपुर उपमहानगरपालिका–१३ स्थित तुइसोताले त्यहाँका बासिन्दालाई बर्सेनि पिरोल्छ । फूलबारीको बराखुट्टी जाँदासम्म नौपटक तर्नुपर्छ, तर पनि त्यो खोलामा पक्की पुल नहुँदा स्थानीयलाई निकै समस्या पर्छ । त्यहाँ कुनै पनि खोलामा पक्की पुल छैन ।

त्यसले गर्दा गाडी आवतजावतमा पनि निकै समस्या हुने गरेको स्थानीय बालाराम घर्तीले बताए । उनका अनुसार तीन स्थानमा झोलुङ्गे पुल भए पनि अन्य स्थानमा अझै पनि पुल निर्माण भएका छैनन् ।

बराखुट्टी र गाईखुट्टीको बीचमा एउटा झोलुङ्गे पुल छ । त्यस्तै साजखुट्टी र बराखुट्टी जोड्ने अर्को पुल छभने अमुवापुरमा गरी तीन झोलुङ्गे पुल छन् । ती झोलुङ्गे पुलबाट आवतजावतमा केही सहज भए पनि अन्य छवटा स्थानमा झोलुङ्गे पुल पनि छैनन् । ती स्थानमा झोलुङ्गे पुलसमेत नहुँदा बर्सातको समय निकै समस्या हुने उनको भनाइ छ ।

हामीले त्यही खोला नौ ठाउँमा तर्नु पर्छ, उनले भने, तीन ठाउँमा पुल बनेकाले सहज भए पनि अन्य ठाउँमा एकदमै गाह्रो छ । गिधनियामा बन्न थालेको पुल पनि सात वर्षदेखि अलपत्र छ । जुन ठाउँमा अहिले दुईवटा पिल्लर मात्रै छन् । त्योभन्दा अगाडि बढ्न सकेको छैन । यसरी पुल अलपत्र भएपछि आफूहरु आजित भएको स्थानीय भक्तबहादुर बस्नेतले बताए। बन्न लागेका पुल पनि बीचमै अलपत्र छन्, उनले भन, यसरी त हामी निकै मारमा परेका छौँ ।

हाल सोही ठाउँको मजघटुवामा पुल निर्माणका लागि प्रक्रिया अघि बढेको छ । उपमहानगरपालिकाले त्यसका लागि रु ५० लाख बजेट विनियोजन गरेको छ । उपमहानगरपालिका भित्रकै पहिलो बक्स पुल निर्माणका लागि सोही स्थानमा सर्वेसमेत भइरहेको नगर प्रमुख टिकाराम खड्काले बताए ।

उनका अनुसार सोही पुल आउँदो जेठसम्म सक्नेगरी तयारी गरिएको छ । जहाँ पुल निर्माण भएपछि त्यहाँका आधा दर्जन बढी गाउँलाई सहज हुने उनको भनाइ छ । मजघटुवा, रनियापुर, बराखुट्टी, सासखुट्टी, मन्नामेलगायतका बासिन्दालाई सहज हुने उनको भनाइ छ ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि