६ पुष २०८२, आईतवार
मुख्‍य समाचार समाचार समाज सुदूरपश्चिम

कैदीबन्दीलाई अगरबत्ती उत्पादन सम्बन्धी तालिम

अछाम, २५ कात्तिकः जिल्ला कारागारका कैदीबन्दीलाई सीप सिकाउने उद्देश्यले अगरबत्ती उत्पादन सम्बन्धी तालिम दिइएको छ । घरेलु तथा साना उद्योग कार्यालय अछामको आयोजनामा यही कात्तिक १८ गतेदेखि सातदिने सीप विकास तालिम कारागारमा सञ्चालन गरिएको हो ।

कारागारमा रहेका कैदीबन्दीमध्ये अहिले १५ जनालाई तालिम दिइएको घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख भीमबहादुर सिंहले बताए । उनका अनुसार कार्यालयले कैदीबन्दीको माग बमोजिम विभिन्न सीप विकास तालिम सञ्चालन गरेको हो । कारागारबाट सजाय काटेर बाहिर निस्केपछि समाजमा पुनःस्थापित हुन तालिमले सहयोग गर्ने उनले विश्वास व्यक्त गरे ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि