१८ फाल्गुन २०८२, सोमबार
कोशी मुख्‍य समाचार समाचार

लोप हुँदै गोरुगाढा

इनरुवा सुनसरी, २५ कात्तिकः दश वर्ष अगाडि सुनसरीको ग्रामीण क्षेत्रमा प्रत्येकको घरमा पाइने गोरुगाढा बैलगाडी पछिल्लो समय लोप हुँदै गएको छ ।

जिल्ला सदरमुकाम इनरुवासहित देवानगञ्ज, बर्जु, गढी, कोसी, भोक्राहा हरिनगरलगायत क्षेत्रमा प्रायः सबै किसानको घरमा पाइने गोरुगाढा पछिल्लो समय लोप हुँदै गएको इनरुवाका किसान जसलाल यादवले बताए । यातायातका साथै सामान ओसार्ने एउटा महत्त्वपूर्ण साधनका रूपमा रहेको गोरुगाडा कृषिमा आधुनिकीकरण र यान्त्रिकीकरण भएसँगै लोप हुँदै गएको उनको भनाइ छ ।

बिहेमा जन्ती जानका लागि ग्रामीण भेगमा गोरुगाढाको प्रयोग हुँदै आएकामा सवारीसाधनको विकास भएसँगै प्रयोग घट्दै गएको बताउँदै देवानगञ्जका किसान रामवृक्ष मेहताले किसानले पनि कम प्रयोग गर्न थालेका उल्लेख गरे ।

पहिला घरमा ओसार्नेदेखी सामग्री ल्याउन तथा बिहेबारीमा जन्ती जान, गर्भवतीको प्रसूति गराउन अस्पताल लान एम्बुलेन्सको काम पनि गर्ने साधनका रूपमा रहेको गोरुगाडा अहिले देखिन छाडिसकेको स्थानीयवासीले बताएका छन् । किसानले कृषिकर्ममा गोरु र काठबाँसको प्रयोग गरी बनाएको गोरुगाडा पछिल्लो समयमा आएर हाते ट्याक्टर, ट्याक्टर अर्थात् प्रविधिको प्रयोग बढ्दै गएपछि प्रयोग घट्दै जाँदा लोप हुने अवस्थामा पुगेको छ ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि