७ फाल्गुन २०८२, बिहीबार
गण्डकी मुख्‍य समाचार समाचार

नयाँ सहर आयोजनाः २० किमी सडक कालोपत्र

दमौली तनहुँ, २४ कात्तिकः नयाँ सहर आयोजना कार्यालय डुम्रे भन्सारले २० किलोमिटर सडक कालोपत्र गरेको छ । कार्यालय स्थापनादेखि हालसम्म नयाँ सहर आयोजनाभित्र २० दशमलब ३ किलोमिटर सडक कालोपत्र सम्पन्न भएको हो ।

कार्यालयले ३४ दशमलब ७८ किलोमिटर सडक ग्राभेल, २ दशमलब ७४ किलोमिटर ढलान, ४६ दशमलब ०२ किलोमिटर नाला निर्माण गरेको कार्यालय प्रमुख शान्ति शर्माले जानकारी दिए ।

आन्तरिक बसाइसराइलाई व्यवस्थित गर्न मध्यमहाडी लोकमार्गको वरिपरी दश नयाँ सहर स्थापना गर्ने सरकारको नीतिअनुरुप विसं २०९० सम्ममा व्यवस्थित बस्तीसहितको पूर्वाधार तयार गर्न तनहुँमा साविकको भानु गाविस–१, २, ३, ४ र साविकको बन्दीपुर गाविस–१, २, ३ र ४ समेटी आर्थिक वर्ष २०७२÷७३ बाट नयाँ सहर आयोजना डुम्रे भन्सारको सुरुवात भएको हो ।

शर्माका अनुसार गत आर्थिक वर्षमा १ दशमलब ५ किलोमिटर ढलान र १ दशमलब ४ किलोमिटर नाला निर्माण गरिएको छ । सडक ग्राभेल र सडक कालोपत्रको काम उक्त आर्थिक वर्षमा नभएको उनले बताए ।

आर्थिक वर्ष २०८०÷८१ मा  दशमलब ७८ किलोमिटर सडक ग्राभेल, १ दशमलब २४ किलोमिटर ढलान, १ दशमलब ६ किलोमिटर कालोपत्र र ३ दशमलब ६२ किलोमिटर नाला निर्माण भएको जनाइएको छ ।

यस्तै आयोजना सुरुभएदेखि आर्थिक वर्ष २०७९÷८० सम्म ३४ किलोमिटर सडक ग्राभेल, १८ दशमलब ७ किलोमिटर सडक कालोपत्र र ४१ किलोमिटर नाला निर्माण भएको जनाइएको छ ।

आयोजनाले गत आर्थिक वर्षमा एक सरकारी कार्यालय भवन, तीन सामुदायिक भवन, एक सरकारी भवन मर्मत सम्भार, एक खेलमैदान, दुई मनोरञ्जन पार्क, एक खानेपानी योजना सम्पन्न गरेको छ भने चार सय ३४ सौर्य बत्ती जडान गरेको छ ।

आयोजनालाई गत आर्थिक वर्षमा चालुतर्फ रु एक करोड पाँच लाख बजेट विनियोजन भएकामा रु ७५ लाख खर्च भएको छ भने पुँजीगततर्फ रु ११ करोड ७७ लाख विनियोजन भएकामा रु चार करोड ७४ लाख खर्च भएको छ ।

कार्यालयले डुम्रे भन्सार जग्गा एकीकरण आयोजनाको प्रक्रिया सुरु गरेको छ । त्यसका लागि छ सय ४३ रोपनी जग्गा पहिचान गरिएको छ । त्यसका लागि विसं २०७४ पुस १० गते आयोजनाको चारकिल्लासहित नेपाल राजपत्रमा सूचना प्रकाशित भएको थियो । विसं २०७७ पुस १२ मा अन्तिम प्रतिवेदन बुझाइएको र बाटोको किल्ला तोक्ने कार्य सकिएको छ ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि