७ फाल्गुन २०८२, बिहीबार
गण्डकी मुख्‍य समाचार समाचार समाज

विपन्न चेपाङ समुदायलाई न्यानो कपडा वितरण

दमौली तनहुँ, २३ कात्तिकः व्यास नगरपालिका–११ राम्चे ओडारेका विपन्न चेपाङ समुदायलाई न्यानो कपडा वितरण गरिएको छ । सामाजिक अभियानकर्मी सुदीप गफ्फारको नेतृत्वमा विपन्न चेपाङ समुदायलाई शनिबार न्यानो कपडा वितरण गरिएको हो ।

गफ्फारले सञ्चालन गर्नुभएको कपडा बैंकमार्फत यहाँका ४२ घरपरिवारका चेपाङ समुदायलाई रु २५ हजार बराबरको कपडा सहयोग गरिएको छ । न्यानो कपडा अभियानअन्तर्गत तिहारमा देउसीभैलो खेलेर सङ्कलन गरेको रकमबाट नयाँ कपडा र शुभेच्छुकबाट प्राप्त लगाउन योग्य कपडा मिलाएर विपन्न समुदायलाई कपडा सहयोग गरिएको उनले बताए ।

उनले भने, अन्य ठाउँका अतिआवश्यकता भएका समुदायलाई कपडा बैंकमार्फत न्यानो कपडा सहयोग गर्नेछौँ । यहाँका बालबालिकालाई शैक्षिक सामग्री र महिलाका लागि सेनेटरी प्याड उपलब्ध गराउने उहाँले प्रतिबद्धता व्यक्त गरे ।

व्यास–११ का वडा सदस्य गोकुल दुराले भौगोलिक हिसाबले विकट र अल्पसङ्ख्यक चेपाङ समुदायका लागि गरिएको सहयोग सराहनीय रहेको उल्लेख गरे । उनले भने, चिसो मौसममा चेपाङ समुदायलाई सहयोगको आवश्यकता रहेको महसुस गरेर गफ्फारले जुन सहयोग गरेका छन्, यो निकै सराहनीय छ ।

राम्चे ओडोरे टोल विकास संस्थाका अध्यक्ष रत्नबहादुर चेपाङले राज्यको नजरबाट पछाडि परेको चेपाङ समुदायलाई जाडोको मौसममा न्यानो कपडा सहयोग गरेकामा धन्यवाद ज्ञापन गरे । उनले भने, चेपाङ समुदायमा निकै दुःख छ, गाह्रो छ, सरकारको नजर पनि चेपाङ समुदायलाई कम पर्छ ।

स्थानीय चण्डिका आधारभूत विद्यालयका प्रधानाध्यापक सुरेन्द्र अधिकारीले सामाजिक अभियानकर्मी सुदीप गफ्फारले समाजलाई सकारात्मक सन्देश दिने किसिमका कार्यक्रम सञ्चालन गरिरहेको उल्लेख गरे ।

सदरमुकाम दमौलीबाट करिब १२ किलोमिटर दूरीमा अवस्थित चेपाङ बस्तीमा ४२ घरधुरी चेपाङ समुदाय बसोबास गर्दै आएका छन् । आर्थिक रुपमा विपन्न चेपाङ समुदायलाई सहयोगको खाँचो रहेको चेपाङ सङ्घका अध्यक्ष रामबहादुर चेपाङले बताए ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि