१० माघ २०८२, शनिबार
बागमती मुख्‍य समाचार समाचार

आज विश्व स्वतन्त्रता दिवस

काठमाडौं । आज नोभेम्बर ९ अर्थात विश्व स्वतन्त्रता दिवस । हरेक वर्षको नोभेम्बर ९ तारिखका दिन विश्व स्वतन्त्रता दिवस मनाइने गरिन्छ ।

यो दिवस स्वतन्त्रता र मानव अधिकारको मूल्य र महत्वको सम्मान गर्दै मनाउने चलन छ ।

तत्कालीन अमेरिकी राष्ट्रपति जर्ज डब्लू बुसले सन् २००१ मा ९ नोभेम्बरलाई विश्व स्वतन्त्रता दिवस मनाउने घोषणा गरेका थिए । त्यहीअनुरुप उनले त्यसपछिका वर्षमा, त्यसपछि अमेरिकी राष्ट्रपति बाराक ओबामा र डोनाल्ड ट्रम्पले पनि यसलाई आधिकारिकता दिए ।

सन् १९४७ देखि संयुक्त राज्य अमेरिकामा मनाउन थालिएको यो दिवस स्वतन्त्रताको मूल्य, लोकतन्त्र र  मानवको आधारभूत अधिकार प्रत्याभूतिसँग जोडिएको छ ।

विश्वभरका नागरिकलाई स्वतन्त्रताको मौलिक अधिकारबारे सचेत गराउनु तथा शान्ति, सहिष्णुता र आपसी सम्मानको सन्देश प्रसारित गर्नु दिवसको उद्देश्य रहको छ ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि