११ पुष २०८२, शुक्रबार
अर्थ मुख्‍य समाचार विशेष समाचार समाचार

सार्वजनिक क्षेत्रको खर्च बढाउनुपर्ने आवश्यकता छ: गर्भनर डा.पौडेल

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले सार्वजनिक क्षेत्रको खर्च बढाउनुपर्ने आवश्यकता रहेको बताएका छन् ।

शनिबार नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको आर्थिक बहस २.० कार्यक्रममा बोल्दै उनले अर्थतन्त्र विस्तारको चालक भनेकै सरकारीखर्च रहेको भन्दै सार्वजनिक क्षेत्रको खर्च बढाउनुपर्ने आवश्यकता रहेको बताएका हुन् ।

उनले भने,‘अर्थतन्त्र विस्तारको चालक भनेकै सरकारी खर्च हो । सरकारले खर्च बढायो भने माग पनि बढ्छ । तपाईंहरू आफ्नो गतिमा दौडनुस्, सरकार पनि आफ्नो गतिमा दौडनेछ। अन्ततः सबै सँगै अगाडि पुग्छौं ।’

त्यस्तै उनले ब्याजदर घटेको, तरलता प्रशस्त रहेको भन्दै उत्पादन र रोजगारी बढाउन निजी क्षेत्रको सक्रियता आवश्यक रहेको बताए ।

उनले भने, ‘ब्याजदर एकदम कम भएर गएको छ । तरलता उच्च छ । राष्ट्र बैंकमा ८ खर्बभन्दा बढी, विदेशी विनिमय २२ खर्बभन्दा बढी छ ।छिमेकीदेशभन्दा हामीसँग बढि छ । यसबेला तपाईंहरूले हामीसँग माग गर्नु स्वभाविक हो ,हामी तपाईहरुको अविभावक हौं । तर तपाइँहरुले पनि सहयोग गर्नुस् । उच्च मनोबलकासाथ काम गर्नुहोस् उत्पादन बढाउनुस्, रोजगारी सिर्जना गर्नुस् ।’

उनले ब्याजदर करिडोरको तल्लो सीमा जोगाउनका लागि राष्ट्र बैंकले २५ अर्ब खर्च गरेको जानकारी गराए । उनको अनुसार करिब डेढ लाख व्यक्ति कालोसूचीमा परेकाले कर्जाको माग घटाएको हो ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि