१० माघ २०८२, शनिबार
बागमती मुख्‍य समाचार समाचार

तिस बिघा जग्गामा गरिएको गाँजा फँडानी

बागमती, २१ कात्तिकः प्रहरीले मकवानपुरको विभिन्न स्थानमा ३० बिघाभन्दा बढी जग्गामा लगाएको गाँजाखेती फँडानी गरेको छ ।

नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले जिल्लाको उत्तरी भेगमा पर्ने राक्सिराङ गाउँपालिकाको चिसापानी, बेल्टार, टेम्टा, गोरेटार, देबुटार, कैलाश गाउँपालिकाको सातकन्या, खैरेनी, जोइटी र भीमफेदी गाउँपालिकाको भदौरे ज्यार्बुलगायतका स्थानमा स्थानीयहरुले अवैध रुपमा गरेको गाँजाखेती फँडानी गरेको हो ।

स्थानीयले अवैध रुपमा गाँजाखेती गरेको गोप्य सूचनाका आधारमा यही कात्तिक १७ देखि २० गतेसम्म खटिएको संयुक्त टोलीले ३० बिगाहा १० कट्ठामा लगाइएको गाँजाखेती फँडानी गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीले जानकारी दिए । गाँजाखेती भएको अन्य स्थानमा पनि अभियान सञ्चालन गरिने उनले बताए । मकवानपुरको पहाडी भेगमा बर्सेनि गाँजाखेती हुँदै आएको छ ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि