१० माघ २०८२, शनिबार
बागमती मुख्‍य समाचार समाचार

कालमेगी’ आँधीका कारण भियतनाममा वितण्डा, लाखौं घरपरिवार प्रभावित

एजेन्सी । समुद्री आँधी ‘कालमेगी’ले भियतनाम समेत प्रभावित भएको छ । आँधीले भियतनाममा पनि वितण्डा मच्चाएको छ ।

बिहीबार साँझ मध्यतिर भियतनाम प्रवेश गरेको आँधीका कारण मुसलधारे वर्षा र शक्तिशाली हावाका कारण व्यापक क्षति समेत पुर्याएको छ ।

आँधीले धेरै स्थानहरूमा रूखहरू उखेलेको छ भने छानामा क्षति पुर्याएको र भवनहरूको सिसाका झ्यालहरू फुटाएको छ ।

धेरै प्रान्तका ठूला क्षेत्रहरूमा विद्युत आपूर्ति बन्द हुँदा लाखौं घरपरिवार प्रभावित भएका छन्।

आँधीका कारण एक जनाको मृत्यु भएको पुष्टि भइसकेको छ भने भियतनामी सरकारले एक लाख घरपरिवारलाई खाली गराएको छ । तटीय क्षेत्रका लाखौं मानिस प्रभावित भएका छन् । सोही आँधीका कारण  फिलिपिन्समा ११४ जनाको ज्यान गइसकेको छ ।(सीसीटीभीप्लस)

 

 

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि