२९ माघ २०८२, बिहीबार
खेलकुद मधेश मुख्‍य समाचार समाचार

कुस्ती खेल प्रती युवाको चासो कम , गरुडामा प्रतियोगीताको आयोजना 

रौतहट । रौतहट सहित तराई–मधेशका जिल्लामा हुने महोत्सब तथा मेलामा मात्र  कुस्ती (दङ्गल) खेल हुने गर्छ । यस खेलको प्रतियोगिता नहुदा  युवाहरुमा  चासो र रुचि कम भएको पाइएको छ । कतिपय युवालाई कुस्ती खेलको बारेमा जानकारी पनि छैन । जसका कारण कुस्ती खेल बिस्तारै हराउँदै गएको छ ।

कुनै समय गाउँ घरमा निकै लोकप्रिय मानिएको कुस्ती खेललाई संरक्षण गर्ने उदेश्यले गरुडा नगरपालिकाको वार्ड नं.५ स्थित रहेको झाझपुलमा विराट कुस्ती प्रतियोगिताको आयोजना गरिएको छ । कार्तिक पुर्णिामाको अवसर पारेर गरिएको प्रतियोगितामा कुस्ती खेलाडीले आफ्नो कौशलता देखाउने थलो पाएका छन । तर यो खेल पछिल्लो समय ओझेलमा परेको भन्दै गरुडा नगरपालिकाको वार्ड नं.५ का वडा अध्यक्ष रामबिनोद जैसवालले चिन्ता व्यक्त गरे । कुस्ती खेल प्रतियोगिताको उद्घाटन गर्दै उनले अब देखि यस खेलको संरक्षणका लागि वर्षेनी प्रतियोगिता आयोजना गर्ने बताए ।

यो यहाको प्राचीन खेल हो, यसको संरक्षण गर्न अति आवश्यक रहेको उनले औल्याए । उनले भने परम्परागत कुस्ती खेल हाम्रो सांस्कृतिक पहिचानको प्रतीक हो। यस्तो प्रतियोगिताले स्थानीय प्रतिभालाई प्रोत्साहन गर्दै अनुशासन, साहस र आत्मविश्वास जगाउने काम गर्छ ।

अहिले गाउँ घरमा फाट्टफुट्ट रुपमा कुस्ती खेल हुने गएपनि दर्शक खासै हुदैन । आपसी सद्भाव, शारीरिक विकास र मनोरञ्जनका दृष्टिकोणले खेल महत्वपूर्ण भए पनि यसको संरक्षणमा सबै तह जुट्न आवश्यक देखिन्छ ।

 

थप समाचारहरु

खेलकुद

प्रधानमन्त्री प्रचण्ड दिल्लीमा, भारतीय राज्यमन्त्री लेखीले गरिन् स्वागत

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected
खेलकुद

विश्व वातावरण दिवसको अवसरमा सिद्धार्थ बैंकद्वारा विविध कार्यक्रम

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected