६ मंसिर २०८२, शनिबार
मुख्‍य समाचार

सोमबारको गिरावटपछि नेप्से मंगलबार पनि ओरालो, कारोबार रकममा पनि गिरावट

काठमाडौं । सोमबार ८.२४ अंकले घटेर २६२२.९० बिन्दुमा झरेको नेप्से मंगलबार फेरी २७.६४ अंकले घटेर २५९५.२४ बिन्दुमा झरेको हो । यस दिन सेन्सेटिभ इण्डेक्स ३.९३ अंक घटेको छ भने फ्लोट इण्डेक्स १.९१ अंक र सन्सेटिभ फ्लोट इण्डेक्स १.३० अंक घटेको छ ।

यसदिन कुल ३२२ स्टकको ५ अर्ब १५ करोड ७ लाख ६८ हजार ९३८ रुपैयाँ बराबरको १ करोड ३ लाख ४३ हजार ८९८ कित्ता शेयर कारोबार भएको छ । ४६ हजार ८७५ पटकको कारोबारमा उक्त शेयर कारोबार भएको हो । यसअघि सोमबारको कारोबारमा ६ अर्ब ५ करोड रुपैयाँबराबरको १ करोड ३ लाख ४३ हजार कित्ता शेयर खरिदबिक्री भएको थियो ।

यसदिन आजदेखि कारोबारमा आएको माबिलुङ्ग इनर्जी लिमिटेडको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । यस कम्पनीको शेयरमूल्य यस दिन प्रतिकित्ता ३१.७० रुपैयाँले बढेर ३४९.४० रुपैयाँमा अन्तिम कारोबार भएको छ । यस दिन फस्र्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य पनि ९ प्रतिशतभन्दा धेरैले बढेको छ । यस कम्पनीको शेयर मूल्य यसदिन प्रतिकित्ता ८० रुपैयाँले बढेर ९५० रुपैयाँमा कारोबार भएको छ ।

यस दिन एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टको शेयर मूल्य सबैभन्दा धेरै २७ करोड रुपैयाँबराबरको कारोबार भएको छ । त्यस्तै, यस दिन राधी विद्युत कम्पनीको करिब साढे २२ करोड रुपैयाँबराबरको शेयर किनबेच भएको छ भने यूनियन हाइड्रोपावरको कारोबार रकम साढे १८ करोड रुपैयाँ नाघेको छ ।

यस दिन १३ वटै उपसमूहको परिसूचक घटेको छ । जसमध्ये वित्त उपसमूहको परिसूचक सर्वाधिक २.२१ प्रतिशत घटेको छ । त्यस्तै, यस दिन विकास बैंक, जलविद्युत, जीवन बीमा, निर्जीवन बीमा र अन्य उपसमूहको परिसूचक १ प्रतिशतभन्दा धेरैले घटेको छ ।

थप समाचारहरु

मुख्‍य समाचार समाज

उदयपुरको सिवाई-बेल्हा जोड्‍ने भाँचिएको पुल बनाउन माग

  १४ साउन, काठमाडौं। उदयपुरका जनप्रतिनिधिसहितको टोलीले त्रियुगा पुल निर्माण सम्पन्न गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालासँग माग
मुख्‍य समाचार राजनीति

कोरियासहितका मुलुकमा मौसमी कामदारका रुपमा श्रम स्वीकृति दिइँदैन : मन्त्रालय

१५ साउन, काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले मौसमी कामदारका रुपमा कोरियासहितका मुलुकमा श्रम स्वीकृति नदिइने स्पष्ट पारेको