२ बैशाख २०८३, बुधबार
मुख्‍य समाचार

काङ्ग्रेस नेत्री जोन्छेंको निधन, केन्द्रीय नेताहरुद्वारा श्रद्धाञ्जली

भक्तपुर, १८ कात्तिकः नेपाली काङ्ग्रेस महासमिति सदस्य एवं वाग्मती प्रदेश सभाकी पूर्वसदस्य रजनी जोन्छेँको ७७ वर्षको उमेरमा निधन भएको छ । सहिद राधेश्याम जोन्छेँकी पत्नी रजनीको मध्यपुर अस्पतालमा क्यान्सरको उपचारका क्रममा आज बिहान निधन भएको हो ।

नेत्री जोन्छेको पार्थिव शरीरमा नेपाली काङ्ग्रेसका केन्द्रीय नेताहरू विमलेन्द्र निधि, प्रकाशशरण महत, नेपाली काङ्ग्रेस भक्तपुरका अध्यक्ष दुर्लभ थापालगात नेताले पार्टीको झण्डा ओढएर श्रदाञ्जली अर्पण गरेका छन् ।

आजै भक्तपुरको हनुमान्घाटमा उनको अन्त्येष्टि गरिने छ । उनका तीन छोरा छन् ।

थप समाचारहरु

मुख्‍य समाचार समाज

उदयपुरको सिवाई-बेल्हा जोड्‍ने भाँचिएको पुल बनाउन माग

  १४ साउन, काठमाडौं। उदयपुरका जनप्रतिनिधिसहितको टोलीले त्रियुगा पुल निर्माण सम्पन्न गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालासँग माग
मुख्‍य समाचार राजनीति

कोरियासहितका मुलुकमा मौसमी कामदारका रुपमा श्रम स्वीकृति दिइँदैन : मन्त्रालय

१५ साउन, काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले मौसमी कामदारका रुपमा कोरियासहितका मुलुकमा श्रम स्वीकृति नदिइने स्पष्ट पारेको