६ मंसिर २०८२, शनिबार
मुख्‍य समाचार

बङ्गलादेशका दुग्ध उत्पादक किसान चितवनमा

चितवन, १८ कात्तिकः जिल्लाको दुग्ध उत्पादन, प्रशोधन र बजारीकरणका विषयमा जानकारी लिन बङ्गलादेशका दुग्ध उत्पादक किसानहरू यहाँ आएका छन् । बङ्गलादेशका दुग्ध उत्पादक किसान मनरुप इस्लामका नेतृत्वमा आएको १७ सदस्यीय टोलीले आज यहाँका दुग्ध उत्वपादक सहकारी उद्योग, गाई फार्महरूको अवलोकन गर्नेछ । उनीहरूले सोमबार जिल्लामा भएको दुग्ध उत्पादन र यहाँको अवस्थाका बारेमा जिल्ला दुग्ध उत्पादक सहकारी सङ्घसँग छलफल गरेका थिए ।

सङ्घका चितवन अध्यक्ष किशोर बगालेका अनुसार उनीहरुले यहाँ दूध उत्पादनको अवस्था, वितरण प्रणाली, दुग्ध उत्पादक किसानको अवस्थाबारे जानकारी लिएका हुन् । उनले भने, दुई देशका किसानले कसरी दूध उत्पादन गर्दै आएका छन् र त्यसको बजारीकरण कसरी भइरहेको छ भन्ने विषयमा ज्ञान आदानप्रदान गरियो ।” अध्यक्ष बगालेले जिल्लामा भएको असल पशुपालन अभ्यास, उन्नत नश्लका गाईहरू ल्याउने क्रमलगायतका बिषयमा जानकारी दिएका थिए ।

बङ्गलादेशी टोलीले पनि दूध उत्पादन, प्रशोधन र वितरणका विषयमा भएको प्रगतिका विषयमा जानकारी गराएको थियो । सो टोलीले आज नवलपरासीमा समेत अध्ययन गरेर बुधबार काठमाडौँ फर्कने कार्यक्रम रहेको छ ।

थप समाचारहरु

मुख्‍य समाचार समाज

उदयपुरको सिवाई-बेल्हा जोड्‍ने भाँचिएको पुल बनाउन माग

  १४ साउन, काठमाडौं। उदयपुरका जनप्रतिनिधिसहितको टोलीले त्रियुगा पुल निर्माण सम्पन्न गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालासँग माग
मुख्‍य समाचार राजनीति

कोरियासहितका मुलुकमा मौसमी कामदारका रुपमा श्रम स्वीकृति दिइँदैन : मन्त्रालय

१५ साउन, काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले मौसमी कामदारका रुपमा कोरियासहितका मुलुकमा श्रम स्वीकृति नदिइने स्पष्ट पारेको