६ मंसिर २०८२, शनिबार
अनौठो संसार अन्तर्राष्ट्रिय समाचार सूचना प्रविधि

चीनमा एयर शो: एरोबेटिक टोलीहरूले देखाए अद्भुत कला

एजेन्सी । पूर्वी चीनको जियाङ्सी प्रान्तको राजधानी नान्चाङमा आइतबार नानचाङ एयर शो तथा एभिएसन इन्डस्ट्री एक्स्पोको आयोजना गरिएको छ । जसमा आठ एरोबेटिक टोलीहरूले आफ्नो अद्भुत सीप प्रदर्शन गरेका थिए।

सहभागी टोलीहरूमा चिनियाँ वायुसेनाको एभिएसन युनिभर्सिटीको ‘स्काई विंग’ एरोबेटिक, रूसको ‘वारियर्स’ एरोबेटिक टोली र कमर्सियल एयरक्राफ्ट कर्पोरेशन अफ चाइना, लिमिटेडका सी ९१९ र सी ९०९ हरु सहभागी थिए । सो क्रममा पाइलटहरूले एकअर्कासँग मात्र नभई दर्शकहरूसँग पनि अन्तरक्रिया गरेका थिए ।

सो क्रममा एरोबेटिक टोलीहरूका अतिरिक्त, ६० भन्दा बढी उड्डयन कम्पनीहरू र अनुसन्धान संस्थानहरूले प्रदर्शनी र व्यापार वार्तामा भाग लिएका थिए । नानचाङमा अहिले ६० उड्डयन निर्माताहरू छन्। (सीसीटीभीप्लस)

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि