१७ कार्तिक २०८२, सोमबार
मुख्‍य समाचार समाचार सुदूरपश्चिम

हुम्लाको पर्यटकीयस्थल लाप्चामा सञ्चार सुविधा

सिमकोट हुम्ला, १६ कात्तिकः हुम्लाको उत्तरी नाम्खा गाउँपालिका–६ लिमीको पर्यटकीय गन्तव्य लाप्चामा सञ्चार सुविधा नहुँदा कठिनाइ भएको छ । सञ्चार सुविधा नहुँदा यहाँ घुम्न आउने पर्यटकलाई समस्या भएको छ । लाप्चाबाट चीनमा पवित्र तीर्थस्थल मानसरोवर कैलाश पर्वतको सहजै दर्शन गर्न सकिन्छ ।
लिमी उपत्यकाका तीन गाउँ हल्जी, तीलर जाङमा फोनको सुविधा भए पनि लाप्चामा सञ्चार सुविधा छैन । लाप्चामा फोरजी इन्टरनेट सेवा सञ्चालनमा ल्याउनसके सबैलाई सहज हुने वडाध्यक्ष पाल्जोर तामाङले बताए ।
नेपाली भूमि लाप्चाबाट मानसरोवर कैलाश दर्शन गरेपछि बास बस्ने स्थान टाक्चीमा कुनै पनि सञ्चार सुविधा छैन । लिमीमा फोरजी टावर जडानका लागि गाउँपालिकाले अग्रसरता लिए पनि सम्भव नभएको गाउँपालिकाका अध्यक्ष प्रेम लामाको भनाइ छ ।
नेपाली भूमि लाप्चाबाट वर्षमा छ महिना मानसरोवर कैलाशको दर्शन गर्न मिल्छ । हिउँद याममा हिमपातले छ महिना न्यालु, नारा लेख अवरुद्ध हुने हुँदा वैशाखदेखि कात्तिकसम्म मात्रै यहाँबाट दर्शन गर्न सकिन्छ ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि