बागलुङ । मानवसेवा आश्रम, बागलुङको भवन निर्माणका लागि आयोजना हुने श्रीमद् भागवत् सप्ताह ज्ञानविज्ञान महायज्ञ सुरु नहुँदै सहयोग जुट्ने क्रम बढ्दै गइरहेको छ।
सोहीक्रममा बागलुङ नगरपालिका–३ गुठी घर भई हाल अमेरिका रहँदै आएका समाजसेवी उज्वल खड्काले भवनको एक कोठा निर्माणका लागि ५ लाख ११ हजार १ सय ११ रुपैयाँ प्रदान गरेका हुन् ।
विदेशमा बसोबास गर्दै देश र मातृभूमिप्रति प्रगाढ प्रेम राख्दै मानवीय सेवामा सहभागी बन्दै खड्काले सो रकम सहयोग गरेका हुन् ।
आगामी कात्तिक २१ देखि २८ गतेसम्म बागलुङको निरयघाटमा सञ्चालन हुने महायज्ञबाट संकलित रकम अक्षयकोष श्रीवृद्धि र भवन निर्माणमा खर्च गरिने आश्रमले जनाएको छ ।







