१० पुष २०८२, बिहीबार
बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

काठमाडौं सुन्दर बनाउनका लागि कार्ययोजना बन्दैछ : मन्त्री घिसिङ

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले दिगो रुपमा काठमाडौंलाई सुन्दर बनाउनको लागि योजना बनाउने तयारीमा रहेको बताएका छन् ।

शनिबार बागमती सफाई महाअभियानको ६५० हप्ता सफाईको अवसरमा आयोजित कार्यक्रममा उनले चारपाँच महिनाको सरकारले सबै गर्न नसक्ने भन्दै दिगो रुपमा नै काठमाडौंलाई सुन्दर बनाउनको लागि छलफल गरेर कार्ययोजना बनाउन लागेको बताए ।

उनले भने, ‘काठमाडौं भित्रका सबै नदी नाला सरसफाईमा धेरै ठूलो लगानीको आवश्यकता भएको हुनाले स्थानीय, प्रदेश र केन्द्र सरकार सबै मिलेर यो काम गर्नुपर्छ । हामीले काठमाडौंलाई सुन्दर शहर बनाउनको लागि एउटा दिगो योजना के गर्ने त्यो हेर्नुपर्छ । अहिले हामी चारपाँच महिनाको सरकारले सबै गर्छु भनेर सकिदैँन् । तर दिगो रुपमा नै काठमाडौंलाई सुन्दर बनाउनको लागि के के गर्न सकिन्छ त्यसको योजना के हुन्छ भनेर छलफल गरेका छौ । त्यो योजना पूरा गर्न एउटा कार्ययोजना बनाउन लागेका छौं ।’

यस्तै, उनले नदीनालालाई सफा गर्नका लागि भएको जागरण अभियान नदीनालाको लागि मात्र होइन फोहोर व्यवस्थापनको लागि नै हुनुपर्ने बताए ।

काठमाडौंमा रहेका नदीनालाहरु सफा भयो भने मात्र काठमाडौं सुन्दर र सफा हुने पनि उनको भनाई छ ।

उनले भने, ‘काठमाडौंमा रहेका नदी नालाहरु जब सफा हुन्छ र हामीले त्यहा गएर बस्ने वातावरण हुन्छ तब मात्र काठमाडौं सुन्दर र सफा हुन्छ भन्ने मेरो मान्यता छ । नदीनाला फोहोरको स्रोत भनेको काठमाडौंको घर सडक सबै हो र यो सफा हुनु भनेको सबै सफा हुनु हो ।’

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि