काठमाडौँ, १४ कात्तिकः महिला पुनस्थापना केन्द्र ओरेक ले महिलामाथि हुने हिंसा बढ्दै गएको तथ्याङ्क सार्वजनिक गरेको छ । ओरेकले आज जारी गरेको प्रेस विज्ञप्तिमा महिलामाथि हुने हिंसा र हत्याका घटनाहरू बढ्दै गएका र गत चैतदेखि जेठसम्म अप्रिलदेखि जुन २०२५ सम्मका तीन महिनामा तथ्याङ्कअनुसार कूल ३०८ वटा महिला हिंसाका घटना भएको उल्लेख छ ।
कार्यक्रम व्यवस्थापक सुलोचना खनालका अनुसार हिंसाका घटनामध्ये ४१ वटा घटना पत्रपत्रिकाबाट र २६७ वटा घटना प्राथमिक स्रोतमार्फत ओरेकको कार्य क्षेत्रबाट सङ्कलन गरिएको हो । यस तथ्याङ्कअनुसार कूल ३०८ वटा लैङ्गिक हिंसा घटनामध्ये २१ वटा हत्या र तीन वटा हत्या प्रयासका रहेका छन् ।
हत्याका घटना र प्रभावितको उमेरलाई हेर्दा सबैभन्दा बढी २९ प्रतिशत ९छ जना० १८ देखि २५ वर्ष, हत्या हुनेमा २६ देखि ३५ वर्षका २४ प्रतिशत, १८ वर्षभन्दा कम उमेरका १९ प्रतिशत बालिका रहेका छन् । ओरेकले महिलाको हत्यामा संलग्न पीडकलाई हेर्दा श्रीमान् र परिवारका सदस्यको संलग्नता नै बढी रहेको पाइएको जनाएको छ । जसमा ४३ प्रतिशत महिला नौ जना को हत्या श्रीमान्बाट र २४ प्रतिशत महिला पाँच जना को हत्या परिवारका सदस्यबाट भएको पाइएको छ ।
यसैगरी, १० प्रतिशत महिलाको छिमेकीबाट, पाँच प्रतिशतको आत्मीय साथीबाट महिलाको हत्या भएको छ भने १४ प्रतिशत हत्या पूर्वपतिबाट भएको जनाइएको छ ।
हत्या प्रभावित र वैवाहिक अवस्थालाई हेर्दा सबैभन्दा बढी ८२ प्रतिशत १७ जना विवाहित महिला, १० प्रतिशत दुई जना हत्या हुनेमा अविवाहित महिला र नौ प्रतिशतको अवस्था खुलेको छैन ।
नेपाल प्रहरीको २०८१र०८२ को तथ्याङ्क अनुसार बलात्कारपछि चार जनाको हत्या, दाइजोका कारण दुई जनाको हत्या, घरेलु हिंसाका कारण ३८ महिलाको हत्या भएको देखिएको पनि जनाइएको छ ।







