४ फाल्गुन २०८२, सोमबार
अन्तर्राष्ट्रिय मुख्‍य समाचार समाचार

रुस–युक्रेन युद्ध : ठूलो सफलता हात पारेको रुसको दाबी

एजेन्सी । रुस र युक्रेनबीचको युद्ध जारी छ । बिहीबार रुसले पोक्रोभस्कमा युक्रेनी सेनाको आक्रमणलाई विफल पारेको दाबी गरेको छ ।

रुसी रक्षा मन्त्रालयका अनुसार एक दिनमा, रुसी सेनाले दुई बस्तीहरू नियन्त्रणमा लिएको छ । साथै युक्रेनी लामो दूरीको ड्रोन एसेम्बली र भण्डारण स्थलहरू, रेलवे पूर्वाधार, गोलाबारुद डिपोहरू र अस्थायी तैनाती बिन्दुहरूमा प्रहार गरेको मन्त्रालयले जनाएको छ ।

उनीहरूले डोनेट्स्कको पोक्रोभस्कमा घेरिएका युक्रेनी सेनामाथि पनि प्रहार गरेको दाबी गरेका छन् । रूसी वायु रक्षा प्रणालीले आठ सटीक हवाई बमहरू, तीन अमेरिकीमा निर्मित रकेटहरू र ड्रोनहरू खसालेको जनाएको छ ।

सोही दिन, युक्रेनी सशस्त्र सेनाका कमाण्डर इनचीफ ओलेक्जान्डर सिस्र्कीले पोकरोभ्स्क क्षेत्रमा रक्षा स्थितिको निरीक्षण गरेका थिए ।

उनले पोकरोभ्स्क र कुपियान्स्कमा युक्रेनी सेनाहरूले घेरेर अवरुद्ध गरिएको भन्ने रूसी दाबीलाई अस्वीकार गरेका थिए । त्यस्तै युक्रेनले आफ्ना सेनालाई घेरेको कुरा अस्वीकार गरेको छ।

 

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि