९ माघ २०८२, शुक्रबार
बागमती मुख्‍य समाचार समाचार

बास्तोलाको रगतको मूल्य लोकार्पण

काठमाडौँ, १४ कात्तिक : कथाकार होमशङ्कर बास्तोलाको कथासङ्ग्रह ‘रगतको मूल्य’ लोकार्पण गरिएको छ ।

सुनकोशी वाङ्मय प्रतिष्ठानद्वारा आयोजित कार्यक्रममा साहित्यकारहरु श्रीओम श्रेष्ठ रोदन, छविरमण सिलवाल, आरएम डङ्गोल, कृतिकार होमशङ्कर बास्तोला, प्रदीप सापकोटा, रोजु गौतमलगायतले उक्त कथाकृति संयुक्तरुपमा लोकार्पण गरेका हुन् । सो अवसरमा साहित्यकार रोदनले हरेक मानव जीवनमा कुनै न कुनै कथा हुन्छन् तर त्यसलाई कसरी प्रस्तुत गर्ने भन्ने मात्र मुख्य कुरा भएकाले पाठकलाई अनुभूत तथा द्रवित गराउने क्षमता जसमा हुन्छ ऊ राम्रो कथाकार हुने बताए ।

समालोचक डङ्गोलले कृति सामाजिक यथार्थपरक कथाहरूले भरिएको उल्लेख गर्दै अधिकांश कथाको बुनोट यही समाजका विषयबस्तु रहेका र स्थान विशेष पात्रहरू रहेका कथाहरू सहज तथा स्वाभाविक रहेको बताए ।

समीक्षक सापकोटाले आयामका हिसाबले लघु र मध्यम आयामका १९ कथा रहेको ‘रगतको मूल्य भित्र सत्यका निकट रहेर लेखिएका कथाहरू रहेको उल्लेख गरे ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि