१४ कार्तिक २०८२, शुक्रबार
गण्डकी मुख्‍य समाचार समाचार

बागलुङमा महायज्ञको प्रचारप्रसारका लागि अटो र्‍याली

बागलुङ । महायज्ञको प्रचारप्रसारका लागि बुधबार बागलुङ बजारमा अटो र्‍याली निकालिएको छ। र्‍यालीमा स्थानीय जनप्रतिनिधि, बुद्धिजीवी, समाजसेवी तथा विभिन्न संघ–संस्थाका प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

र्‍यालीले बागलुङ बजारका विभिन्न सडक परिक्रमा गर्दै महायज्ञको उद्देश्यबारे जानकारी गराएको थियो। यज्ञ मूल आयोजक समितिका अनुसार समाजसेवा तथा मानवसेवाप्रति जनचेतना जगाउने, सहयोग संकलन गर्ने, महायज्ञमा भव्य सहभागिता सुनिश्चित गर्ने उद्देश्यका साथ प्रचारप्रसार तीव्रता दिइएको हो।

आगामी कार्त्तिक २१ गतेदेखि २८ गतेसम्म बागलुङ नगरपालिका–४ निरयघाटस्थित मानवसेवा आश्रम बागलुङको भवन निर्माण प्राङ्गणमा महायज्ञ आयोजना हुनेछ। जसमा गुरु कमलनयन गौतमले कथा वाचन गर्नेछन्।

निरयघाटमा निर्माणाधीन भवन समयमै सम्पन्न गर्न र अक्षयकोष श्रीवृद्धि गर्न महायज्ञ आयोजना गर्न लागिएको हो। भवन निर्माण सम्पन्न भएपछि आश्रममार्फत सहयोगापेक्षी, असहाय तथा विपन्न नागरिकहरूलाई दीर्घकालीन सेवा प्रदान गर्न सकिनेछ ।

महायज्ञ सफल बनाउन सम्पूर्ण भक्तजन, दाता, स्थानीयवासी र शुभेच्छुकहरूलाई सहभागिता र सहयोगका लागि आग्रह गर्दै र्‍याली निकालिएको हो ।

 

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि