१४ कार्तिक २०८२, शुक्रबार
बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

आइसिसी विश्वकप लिग २ : नेपालद्वारा युएईसामु २३४ रनको लक्ष्य प्रस्तुत

काठमाडौँ, १३ कात्तिकः आइसिसी विश्वकप क्रिकेट लिग २ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय शृङ्खलामा नेपालले घरेलु टोली संयुक्त अरब इमिरेट्स युएईलाई जितका लागि २३४ रनको लक्ष्य दिएको छ ।

दुबई अन्तरराष्ट्रिय क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको नेपालले निर्धारित ५० ओभरमा सबै विकेट गुमाउँदै २३३ रनको योगफल बनायो । नेपालका लागि कप्तान रोहित पौडेलले १३० बलमा पाँच चौका र दुई छक्काको मद्दतले सर्वाधिक १०९ रनको योगदान दिए । आसिफ शेखले ३५, आरिफ शेखले २७, दीपेन्द्रसिंह ऐरीले २३ र करण केसीले १३ रन बनाए ।

युएईका लागि जाहिद अलीले चार विकेट लिए भने जुनैद सिद्धिकीले तीन, मोहम्मद रोहिद र हैदर अलीले समान एक\एक विकेट लिए । युएई अहिले जवाफी ब्याटिङमा उत्रेको छ ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि