८ फाल्गुन २०८२, शुक्रबार
बागमती मुख्‍य समाचार समाचार समाज

१९ हजार मेट्रिक टन धान खरिद गर्ने तयारीमा खाद्य कम्पनी

काठमाडौं । सरकारकारी स्वामित्वको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले यसवर्ष १९ हजार मेट्रिक टन धान खरिद गर्ने तयारी गरेको छ । सरकारले तोकेको न्युनतम समर्थन मूल्यमा खाद्यले देशका विभिन्न १४ स्थानबाट धान खरिद गर्ने तयारी गरेको हो ।
सरकारले यसवर्षका लागि मध्यम धानको न्युनतम समर्थन मूल्य प्रतिक्विन्टल ३६२८.३३ रुपैयाँ तोकेको छ भने मोटा धानको समर्थन मूल्य प्रतिक्विन्टल ३४६३.८१ रुपैयाँ तोकेको छ ।
सोहि समर्थन मूल्य अनुसार कम्पनीले महेन्द्रनगर, धनगढी, राजापुर, नेपालगन्ज, जुम्ला, तुलसीपुर, भैरहवा, पोखरा, विरगन्ज, लहान, जनकपुर, विराटनगर र बिर्तामोडबाट खाद्यले धान खरिद गर्न लागेको छ । कम्पनीका सुचना अधिकारी माधव मिश्रका अनुसार धान खरिदका लागि यसवर्ष करीब ७० करोड रुपैयाँ बजेट छुट्याइएको छ ।
हालसम्म धनगढीमा मात्रै कम्पनीले खरिद कार्य सुरु गरेको छ भने अन्य स्थानमा केहिदिन भित्रै खरिद कार्य सुरु गने तयारी रहेको सुचना अधिकारी मिश्रले नेपाल न्युज बैंकलाई जानकारी दिएका छन् ।
उनका अनुसार गतवर्ष कम्पनीले ७३ हजार ६२० मेट्रिक टन धान खरिद गर्ने लक्ष्य राखेको भएपनि लक्ष्यभन्दा निकै कम साढे ११ हजार मेट्रिक मात्र खरिद गर्न सकेकाले यसवर्ष खरिद लक्ष्य घटाइएको हो । पश्चिम नेपालका जिल्लाहरुबाट धान खरिदका लागि निकै दबाब आइरहेकाले पछि खरिद लक्ष्य बढ्न सक्ने समेत उनले बताए ।

 

 

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि