८ पुष २०८२, मंगलवार
बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

मिस्टिक माउन्टेन टेनिस मंगलबारदेखि हुने

काठमाडौं । होटल मिस्टिक माउन्टेनको आयोजनामा होटल मिस्टिक माउन्टेन ग्रान्ड ओपन टेनिस प्रतियोगिता कात्तिक १८ गतेदेखि हुने भएको छ ।

प्रतियोगितामा ७ उमेरसमूह र २ खुला गरी जम्मा १६ स्पर्धामा करिब २ सय खेलाडीको सहभागिता रहने प्रतियोगिता संयोजक सूर्यभूषण वज्राचार्यले जनाएका छन् । यु–८, यु–९, यु–१०, यु–१२, यु–१४ र यु–१६ ब्वाइज÷गल्र्स सिंगल्स तथा यु–१६ ब्वाइज÷गल्र्स डबल्समा खेल हुनेछ । खुलामा पुरुष÷महिला सिंगल्समा प्रतिस्पर्धा हुनेछ ।

दोश्रो संस्करणमा उमेरसमूहको स्पर्धालाई निरन्तरता दिदै खुला स्पर्धा थप गरिएको हो । सबै स्पर्धामा नगद पुरस्कार राखिएको छ ।

नेपाल टेनिस संघको सहयोग तथा जुनियर टेनिस इनिसिएटिभ (जेटीआई) को संयोजनमा हुन लागेको प्रतियोगिताको कुल पुरस्कार राशी २ लाख ७८ हजार रुपैयाँ रहेको छ ।

पहिलो संस्करणको पुरस्कार राशीमा दोब्बर भन्दा बढीले बृद्धि गरिएको हो । पहिलो संस्करणको कुल पुरस्कार राशी १ लाख ११ हजार रुपैयाँ रहेको थियो । कात्तिक २२ गतेसम्म हुने प्रतियोगिताका खेलहरु सातदोबाटोस्थित टेनिस कम्प्लेक्समा खेलाइनेछ ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि