१० पुष २०८२, बिहीबार
बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

राहदानी सेवा ५१ दिनपछि सञ्चालन

दमौली तनहुँ, १२ कात्तिकः गत भदौमा जेनजीद्वारा गरिएको प्रदर्शनका क्रममा आगजनी र तोडफोडबाट क्षतिग्रस्त भएको जिल्ला प्रशासन कार्यालयको राहदानी सेवा ५१ दिनपछि सञ्चालनमा आएको छ । जेनजी प्रदर्शनपश्चात् कार्यालय भवन तोडफोड र आगजनीबाट पूर्ण रूपमा क्षति भएपछि रोकिएको सेवा आजदेखि सञ्चालनमा आएको हो ।

सहायक प्रमुख जिल्ला अधिकारी दीपक रेग्मीले ५१ दिनपछि आजदेखि राहदानीको काम सुरु भएको जानकारी दिनुभयो । दसैँ अगाडि छापिएर आएका राहदानी वितरण गरिएपनि नयाँ विवरण दर्ताको काम भने आजदेखि सुरु भएको उनले बताए ।

सहायक प्रजिअ रेग्मीका अनुसार आज ४० जनालाई सेवाका लागि कोटा निर्धारण गरिएको छ । यसअगाडि दुई वटा स्टेसन रहेकामा अहिले एउटा स्टेसनबाट सेवा प्रवाह थालिएको छ । उहाँले भन्नुभयो, “दुई वटा स्टेसन हुँदा दैनिक ८० जनालाई सेवा दिन सक्थ्यौँ, अहिले एउटा मात्र सञ्चालनमा आएकाले सेवाग्राहीको सङ्ख्या कम थरि।एको हो ।

यससँगै कार्यालयबाट साविकका सबै काम सुरु भएका सहायक प्रजिअ रेग्मीले जानकारी दिए । कार्यालयमा गत असोज २६ गतेदेखि राष्ट्रिय परिचयपत्र दर्ताको काम पनि पुनःसञ्चालन गरिएको थियो ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि