८ फाल्गुन २०८२, शुक्रबार
बागमती मुख्‍य समाचार समाचार

पहेलो धातुको मूल्यमा चारदिनदेखि निरन्तर गिरावट

काठमाडौँ, १२ कात्तिक : यो साता सुनको मूल्यमा निरन्तर गिरावट देखिएको छ । अन्तरराष्ट्रिय बजारमा भाउ घटेसँगै नेपाली बजारमा पनि पछिल्लो चार दिनदेखि सुनको मूल्य लगातार ओरालो देखिएको हो ।

गत आइतबार एकैदिन प्रतितोला रू ११ हजार ६०० ले घटेर रु दुई लाख ४१ हजार ९०० कायम भएको सुनको मूल्य सोमबार पुनः तोलामा रु दुई हजार घटेर रु दुई लाख ३९ हजार ९०० मा किनबेच भएको थियो । हिजो मङ्गलबार प्रतितोला रु दुई हजार ९०० घटेपछि रु दुई लाख ३७ हजारमा कारोबार भएको सुन आज पुनः तोलामा रु सात सय घटेर रु दुई लाख ३६ हजार ३०० कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

आज चाँदीको मूल्य भने बढेको छ । मङ्गलबार प्रतितोला रु दुई हजार ९२० मा किनबेच भएको चाँदी आज बढेर रु दुई हजार ९६५ पुगेको हो ।

अन्तरराष्ट्रिय बजारमा आज सुन प्रतिऔंस तीन हजार ९६० अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको छ ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि