२ फाल्गुन २०८२, शनिबार
मुख्‍य समाचार विशेष समाचार समाचार समाज सुदूरपश्चिम

सामाजिक कुप्रथाविरुद्ध धार्मिक गुरूहरू सक्रिय

चैनपुर बझाङ, १२ कात्तिकः सामाजिक कुप्रथा विरुद्ध यहाँका धार्मिक गुरुहरू सक्रिय भएका छन् । गाउँगाउँमा अभियान नै सञ्चालन गरेर घरेलु हिंसा, महिनावारी विभेद, बालविवाह, जातीय छुवाछूतलगायत सामाजिक कुरीतिकोविरुद्ध उनीहरू सक्रिय भएका हुन् ।

बुङ्गल नगरपालिका–६, ७, ९, १० र ११ मा कुरीतिविरुद्ध गुरूहरू गणेशप्रसाद पन्त र वैदिक सुरेश सनातनी आर्यले धार्मिक प्रवचनका माध्यमबाट स्थानीयलाई जागरुक बनाउने अभियान थालेका छन् ।

धार्मिक प्रवचनमा पण्डित पन्तले धर्मशास्त्रमा विभेदजन्य कुनै पनि क्रियाकलाप नभएको बताए।सनातनी हिन्दू धर्म मान्नेहरूले कुनै किसिमको कुरीतिलाई स्वीकार गर्न नहुनेमा उनले जोड दिएका छन् ।

उनले भने, महिनावारी प्राकृतिक कुरा हो । महिनावारी नहुनु भनेको अस्वस्थ हुनु हो । बाँझोपन हुनु हो । जब सृष्टिकर्तामा नै बाँझोपन आउँछ भने उसले उत्पादन गर्न सक्दैन । त्यसैले महिनावारी भएकालाई सम्मान गर्नुपर्छ ।

परम्परागत रुपमा प्रयोग गरिने पञ्चगब्य र सुनपानीलाई पनि गलत अर्थ लगाएर प्रचार गरिएको सनातनी आर्यले बताए । गहुँत छर्कनु भनेको कीटाणु मार्नु हो । गहुँत गोबर तथा सुनपानीले सेनिटाइजरको काम गर्छ”, उनले भने ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि