९ माघ २०८२, शुक्रबार
बागमती मुख्‍य समाचार समाचार

सञ्चारकर्मी बगाले सम्मानित

काठमाडौँ, ११ कात्तिकः जनसवाल राष्ट्रिय दैनिकका सम्पादक तथा अध्यक्ष रामजी बगाले सम्मानित भएका छन् ।

आज एक कार्यक्रमबीच प्रहरी अतिरिक्त महानिरीक्षक दानबहादुर कार्की र गैरआवासीय नेपाली सङ्घ एनआरएनए का अध्यक्ष महेशकुमार श्रेष्ठले संयुक्त रूपमा उनलाई प्रमाणपत्रसहित सम्मान गरेका हुन् । जेन्जी प्रदर्शनका क्रममा क्षतिग्रस्त काठमाडौँ उपत्यका ट्राफिक कन्ट्रोल रूम पुनर्निर्माणमा सञ्चारमाध्यमका तर्फबाट उल्लेखनीय सहयोग पु¥याएबापत उनलाई सम्मान गरिएको हो ।

एनआरएनएको करिब रु ७५ लाख रुपैयाँ लागतमा पुनर्निर्माण गरिएको छ । सम्मान ग्रहणपछि सञ्चारकर्मी बगालेले भने, यो सम्मान मेरो पत्रकारिता यात्राको प्रेरणाको स्रोत बनेको छ । यसले मेरो मनोबल र जिम्मेवारी दुबै बढाएको छ ।

उक्त पुनर्निर्माणले प्रवासी नेपाली र मातृभूमिको सम्बन्धलाई अझ सशक्त बनाएको भन्दै एनआरएनएको सराहना गरेका छन् ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि