१० पुष २०८२, बिहीबार
मधेश मुख्‍य समाचार राजनीति विशेष समाचार

मधेशका मुख्यमन्त्री सोनलले आज पद तथा गोपनियताको सपथ लिँदै

सर्लाही । मधेश प्रदेशमा नयाँ सरकार गठनसँगै लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का नेता जितेन्द्र प्रसाद सोनल आज मुख्यमन्त्रीको रूपमा पद तथा गोपनियताको सपथ ग्रहण गर्दै छन् ।

बुधबार साँझ प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले उनलाई मुख्यमन्त्री पदमा नियुक्त गरेकी थिइन् ।

सोनलले बुधबार बिहान दाबी पेश गरेका थिए। जसमा जसपा नेपालका १९, जनमतका १३, माओवादी केन्द्रका ९, लोसपाका ८ र नेकपा (एकीकृत समाजवादी) का ७ जना गरी ५६ सांसदको समर्थन रहेको उल्लेख छ । बहुमतका लागि आवश्यक ५४ भन्दा दुई बढी समर्थन प्राप्त भएपछि उनलाई सरकार गठनको जिम्मेवारी दिइएको हो ।

बारा–४ (ख) बाट निर्वाचित सोनल यसअघि मधेश प्रदेशका भौतिक पूर्वाधार मन्त्रीका रूपमा कार्यरत रहेका थिए । आठ वर्षको अवधिमा उनी प्रदेशका चौथो मुख्यमन्त्री बनेका हुन् ।

सोनल नेतृत्वको गठबन्धनमा जसपालाई चार, जनमतलाई तीन, माओवादी केन्द्रलाई दुई, लोसपा र नेकपा (एस) लाई एक एक मन्त्रालय दिने सहमति भएको स्रोतले जनाएको छ । यसअघि मुख्यमन्त्री रहेका जनमत पार्टीका शतिस कुमार सिंहले समर्थन फिर्ता भएपछि राजीनामा दिएका थिए ।

थप समाचारहरु

राजनीति

विश्वासको मत लिनुअघि नै कोशी सरकारको हैसियत कामचलाउ

२८ असार, विराटनगर । प्रदेशसभामा विश्वासको मत परीक्षण गर्नुअगाडि नै कोशीका मुख्यमन्त्री उद्धव थापा नेतृत्व सरकारको हैसियत कामचलाउ बन्न पुगेको
राजनीति

सामाजिक सञ्जाललाई मर्यादित बनाउन कानुन ल्याउँछौं : सञ्‍चारमन्त्री शर्मा

२८ असार, काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सामाजिक सञ्जाललाई मर्यादित बनाउन ठोस कदम चाल्ने बताएकी छन् ।