१० पुष २०८२, बिहीबार
बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

सैन्य आधार तालिमको अन्तिम दलेल कावज प्रदर्शन

बागमती, २७ असोजः हेटौँडास्थित नेपाली सेनाको गोरखबहादुर गणमा सञ्चालित सिसं १८ सैन्य आधार तालिमको अन्तिम दलेल कवाज प्रदर्शन तथा पुरस्कार वितरण कार्यक्रम आज सम्पन्न भएको छ ।

गणको खेलमैदानमा आयोजित कार्यक्रममा नेपाली सेनाको मध्य पृतना हेडक्वाटर हेटाँैडाका पृतनापति उपरथी हरेन्द्र पाठकले नौ महिने सैन्य आधार तालिममा सहभागी नवप्रवेशी सैनिकहरुद्वारा प्रस्तुत अन्तिम दलेल कवाज प्रदर्शनको निरीक्षण गर्नाका साथै तालिमका उत्कृष्ट नवप्रवेशी सैनिक जवानहरुलाई पुरस्कार वितरण गरे ।

कार्यक्रममा सङ्क्षिप्त सम्बोधन गर्नुहुँदै पृतनापति उपरथी पाठकले राष्ट्रको मेरुदण्ड सेना भएकाले सेना बलियो मात्र देश बलियो हुने बताए । राष्ट्रको मेरुदण्ड सेना हो, सेनाको मेरुदण्ड दक्ष, तालिम प्राप्त, अनुशासित र कर्तव्यनिष्ठ सैनिक हो, उपरथी पाठकले भने, तालिम प्राप्त गरी सेना प्रवेश गरेका तपार्इंहरु सेनाको उच्च छविलाई कायम राख्दै राष्ट्र, राष्ट्रियता, नेपाली जनता र नेपाली सेनाप्रति समर्पित भएर काम गर्नुहोला ।

राष्ट्रिय स्वतन्त्रता, स्वाधीनता, भौगोलिक अखण्डता र राष्ट्रिय एकताको संरक्षणका लागि कटिबद्ध रहेको नेपाली सेनाले राष्ट्रिय तथा अन्तरराष्ट्रियस्तरमा ख्याति कमाइरहेको चर्चा गर्नुहुँदै उनले नयाँ पुस्ताले पनि यसलाई अनुशरण गरेर नविनतम सोच, भविष्यमा आउन सक्ने खतराको मूल्याङ्कन गर्ने क्षमताको विकास गर्दै अघि बढ्नुपर्ने बताए ।

त्यस अवसरमा सैन्य आधार तालिममा सहभागी एक सय सैनिक जवानमध्ये विभिन्न विद्यामा उत्कृष्ट भएका नवप्रवेशी सैनिक जवानलाई उपरथी पाठकले पुस्कार वितरण गरे ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि