१० पुष २०८२, बिहीबार
बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

बेलायतमा नेपाली सेनालाई स्वर्ण पदक

काठमाडौं । संयुक्त अधिराज्य बेलायतको वेल्स, ब्रेकनमा २०८२ अशोज २३ बाट २५ गतेसम्म सञ्चालन भएको ‘क्याम्ब्रियन पेट्रोल अभ्यास २०२५ मा नेपाली सेनाको टोलीले सर्वोत्कृष्ट अङ्कसहित स्वर्ण पदक प्राप्त गरेको छ ।
उक्त अभ्यासमा बेलायतसहित ३३ राष्ट्रका ११७ वटा टोलीहरूको सहभागिता रहेको थियो ।
सन् १९६० बाट वार्षिक रूपमा सञ्चालन हुँदै आएको अन्तर्राष्ट्रिय स्तरको यस प्रतियोगितामा नेपाली सेनाले सन् २०१४ देखि भाग लिदैं आइरहेको छ ।
दुई दिनभित्रमा हतियार तथा करिब ५० पौण्ड तौल बराबरको उपकरण एवं बन्दोबस्ती सामग्रीसहित ५० किलोमिटर दूरी पार गर्नुपर्ने अभ्यासमा सहभागी टोलीको विभिन्न तयारी, खबर सङ्कलन, घाइते–बिरामीको व्यवस्थापन लगायतका दक्षताहरूको परीक्षण गरिन्छ ।
यस सँगै नेपाली सेनाले उक्त प्रतियोगितामा सन २०१७, २०१९ र २०२४ मा समेत स्वर्ण पदक प्राप्त गरेको थियो । मित्रराष्ट्र बेलायतमा सञ्चालन भएको भ्हभचअष्कभ ऋबmदचष्बल एबतचय िद्दण्द्दछ मा नेपाली सेनालाई स्वर्ण पदक
१.मित्रराष्ट्र संयुक्त अधिराज्य बेलायतको वेल्स, ब्रेकनमा मिति २०८२ आश्विन २३ गतेबाट आश्विन २५ गतेसम्म सञ्चालन भएको मा नेपाली सेनाको टोलीले सर्वोत्कृष्ट अङ्क सहित स्वर्ण पदक प्राप्त गरेको छ ।
२.उक्त अभ्यासमा संयुक्त अधिराज्य बेलायत सहित ३३ राष्ट्रका ११७ वटा टोलीहरूको सहभागिता रहेको थियो । सन् १९६० बाट वार्षिक रूपमा सञ्चालन हुँदै आएको अन्तर्राष्ट्रिय स्तरको यस प्रतियोगितामा नेपाली सेनाले सन् २०१४ देखि भाग लिदैं आइरहेको छ ।
३.दुई दिनभित्रमा हतियार तथा करिब ५० पौण्ड तौल बराबरको उपकरण एवं बन्दोबस्ती सामग्री सहित ५० किलोमिटर दूरी पार गर्नुपर्ने अभ्यासमा सहभागी टोलीको विभिन्न तयारी, खबर सङ्कलन, घाइते बिरामीको व्यवस्थापन लगायतका दक्षताहरूको परीक्षण गरिन्छ ।
४.यस सँगै नेपाली सेनाले उक्त प्रतियोगितामा सन २०१७, २०१९ र २०२४ मा समेत स्वर्ण पदक प्राप्त गरेको थियो ।

 

 

 

 

 

 

 

 

 

 

 

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि