६ पुष २०८२, आईतवार
मुख्‍य समाचार राजनीति विशेष समाचार समाचार

सरकारको क्रियाकलापप्रति नेकपा एमालेको आपत्ति

काठमाडौं । अन्तरिम सरकारको क्रियाकलापप्रति नेकपा एमालेले आपत्ति जनाएको छ ।

शुक्रबार भक्तपुरको गुण्डुमा बसेको सचिवालय बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै उपमहासचिव प्रदीप ज्ञवालीले सरकारको क्रियाकलापप्रति गम्भीर ध्यानाकर्षण भएको बताएका हुन् ।

‘यो सरकारले जे क्रियाकलाप गर्दैछ । यसप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । केही कुरामा हाम्रो आपत्ति छ । मुलुकलाई विभाजित भएको मनस्थितिलाई जोडेर राष्ट्रिय एकता कायम गर्नुपर्ने थियो । त्यसका लागि सबै दलहरुलाई एकसाथ लिएर अगाडि बढ्नुपर्ने थियो,’उनले भने ।

उनले वर्तमान अन्तरिम सरकार निर्वाचन गराउने बाटोमा नभइ मुलुकलाई अनावश्यक मूठभेडतिर लैजान उद्यत भएको बताए ।

‘एकातिर प्रहरीलाई कुटीकुटी हत्या गर्ने र हतियार लुट्नेलाई सजिलै छाडिदिने, गृहमन्त्रीको दबाबमा । अर्कोतिर शान्तिपूर्ण प्रदर्शन गर्ने दलहरूलाई रोक्ने, नेताहरूलाई स्थान हद रोक्ने कुराहरूले वर्तमान सरकार निर्वाचन गराउने बाटोमा नभइ मुलुकलाई अनावश्यक तिक्तता, तनाव र मुठभेडतिर लैजान उद्धत छ,’उनले भने ।

उनले जेनजी आन्दोलनको गहिरो छानबिन हुनुपर्ने बताए ।  भदौ २४ गते लोकतन्त्र, संविधान र इतिहासप्रतिकै ठूलो आक्रमण भएको उनले बताए ।

 

 

 

 

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि