२५ आश्विन २०८२, शनिबार
बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

राष्ट्रसंघीय आवासीय संयोजकद्वारा राहत तथा पुनस्र्थापनाका बारेमा चासो

काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख दिनेश भट्ट र संयुक्त राष्ट्रसंघीय आवासीय संयोजक हाना सिंगर हाम्डीबीच पछिल्लो मनसुनी विपद्पश्चातको राहत तथा सुरुवाती पुनस्र्थापनाबारे छलफल भएको छ ।

कार्यकारी प्रमुख ई.दिनेश प्रसाद भट्ट र  संयुक्त राष्ट्रसंघीय आवासीय संयोजक हाना सिंगर हाम्डीबीच भेटवार्ता भएको हो ।

शुक्रबार राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको कार्यालयमा भएको उक्त भेटवार्तामा कार्यकारी प्रमुख भट्टले पछिल्लो मनसुनी विपद्बाट खासगरी इलाममा भएको जनधनको क्षतिबारे जानकारी गराउँदै हाल भइरहेको राहत तथा सुरुवात पुनस्र्थापनाका पहलहरुबारे जानकारी गराए ।

त्यसक्रममा, कार्यकारी प्रमुख भट्टले भारीदेखि अति भारी वर्षाको प्रक्षेपण प्राप्त भएपश्चात जनधनको क्षति कम गर्न भएका पूर्वसूचना, पूर्वकार्य र प्रतिकार्य पहलहरुबारे पनि उल्लेख गरेका थिए ।

भट्टले बाढी प्रभावित क्षेत्रहरुमा भइरहेको काम र थप मद्दतका विषयमा भेटवार्ता भएको जानकारी दिए ।

यस्तै, उनले प्रभावित क्षेत्रमा युएनलगायत युएन एजेन्सीहरु, डब्लूएचओ, यूनिसेफ, डब्लूएफपि सबैले काम गरिरहेको पनि जानकारी दिए ।

इलाममा अझै पनि मद्दतको खाँचो रहेको कुरा राखेपछि हाम्डीले इलाममा मद्दत थप गर्ने प्रतिबद्धता व्यक्त गरेको पनि उनको भनाई छ ।

यस्तैगरि, राष्ट्रसंघीय आवासीय संयोजक हाम्डीले सबैभन्दा धेरै प्रभावित भएको इलाममा खाद्य एवं गैरखाद्य राहत, खानेपानी तथा सरसफाइ सम्बन्धी सहयोग र सुरुवाती पुनस्र्थापनाका लागि संयुक्त राष्ट्रसंघीय निकायहरुले तत्काल उपलब्ध गराउनसक्ने सहयोगबारे जानकारी गराएका थिइन् ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि