१० पुष २०८२, बिहीबार
मुख्‍य समाचार विशेष समाचार समाचार

दशैंमापनिचहलपहलछैन् ,मनकामना र दक्षिणकालीमन्दिरमा

मकवानपुर । विजया दशमीको अवसरमा मकवानपुरका प्रसिद्ध धार्मिक स्थलहरू मनकामना र दक्षिणकाली मन्दिरमा यस वर्ष भक्तजनको उपस्थिति विगत वर्षको तुलनामा निकै कम देखिएको छ ।

प्रत्येक वर्ष महान चाड दशैंमा यी मन्दिरहरूमा पूजाआराधना र दर्शन गर्न भक्तजनको ठूलो भीड लाग्ने गर्दथ्यो। तर, यस पटक भने विगतको जस्तो चहलपहल र भीडभाड देखिएन ।

मन्दिर व्यवस्थापन समितिका अनुसार लगातारको वर्षा, यात्रुहरूको प्राथमिकतामा आएको परिवर्तन र आर्थिक कारणले गर्दा भक्तजनको भीडकम हुनसकेको छ । यद्यपि, दशैंका धार्मिक अनुष्ठान, पूजा आराधना र विशेष कार्यक्रमहरू भने नियमित रूपमा सञ्चालन भइरहेको समितिले जनाएको छ ।

स्थानीयहरूका अनुसार भक्तजन कम भएपनि श्रद्धा र आस्थामा भने कमी आएको छैन् । मन्दिर परिसरमा सुरक्षा, स्वास्थ्य र सरसफाइको व्यवस्था मिलाइएको पनि व्यवस्थापन समितिले जानकारी दिएको छ ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि