२५ आश्विन २०८२, शनिबार
अर्थ कोशी मुख्‍य समाचार विशेष समाचार समाचार

विराटनगरमा अर्थमन्त्री खनालको साधारण शैली

विराटनगर । अर्थमन्त्री रामेश्वर खनालबुधबार कोशीप्रदेशको राजधानीविराटनगर आइपुगेका छन् ।
दिउँसो विराटनगर विमानस्थलमा अवतरण गरेका मन्त्री खनालले भिआइपी कक्षको प्रयोग नगरी सामान्य यात्रु जस्तै लाइनबाट बाहिरिए । विमानस्थलबाट बाहिरिने क्रममापनि उनले भिआइपी सवारीको सट्टा साधारण निजी गाडी प्रयोग गरे ।

विमानस्थलमा नेपाल उद्योग वाणिज्य महासंघ कोशीप्रदेश अध्यक्ष राजेन्द्र राउत, मोरङ उद्योग व्यापार संघका पूर्व अध्यक्ष नवीन रिजाल लगायत उद्योगी–व्यवसायीले मन्त्री खनाललाई स्वागत गरेका थिए ।

खनालले जेनजी आन्दोलनका क्रममा आगजनी भएको आन्तरिक राजस्व कार्यालय विराटनगरको भवन निरीक्षण गरे । त्यसक्रममा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले प्रदेश संरचना खारेज हुने सम्भावना नरहेको स्पष्ट पारे । “अहिलको सरकार संविधानसम्मत गठन भएकोले तत्काल प्रदेश खारेज गर्ने विषय प्राथमिकतामा छैन,”उनले भनेका छन् ।

उनले अर्थ मन्त्रालयले जारी गरेको निर्देशिका कार्यान्वयनमा जाने समेत बताएका छन् ।
साथै, पछिल्ला दिनमा फैलिएको नोटबन्दीको हल्लाबारे पनिमन्त्रीखनालले स्पष्ट पार्दै भने, ‘कुनै पनि नोटबन्दी गर्ने विषयमा अहिलेसम्म छलफल भएको छैन । नेपाली रुपैयाँ ५०० र १००० को नोट प्रतिबन्ध लगाउनेबारे पनि कुनै छलफल छैन ।’

उनले २३ भदौमा सुनसरीको इटहरीमा जेनजी आन्दोलनका क्रममा गोली लागेर गम्भीर घाइते भएका मोरङको बुढीगंगा–७ का सान्तनु ढकाललाई पनि मन्त्री खनालले विराट मेडिकल कलेज टिचिङ हस्पिटल, बुढीगंगा–२ पुगेर भेट समेत गरेका छन् । उनले ढकालको स्वास्थ्य अवस्थाबारे जानकारी लिएर शीघ्र स्वास्थ्य लाभको शुभकामना व्यक्त गरेका छन् ।

अस्पतालले ढकाललाई निःशुल्कउपचार प्रदान भइरहेको जनाएको छ । खनालले घटनाको गहिरो अनुसन्धान भइरहेको पनि बताएका छन् । खनाल विराटनगरका उद्योगी व्यवसायीसंग समेत अन्तरक्रियामा सहभागि हुने जनाइएको छ ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि